८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको ध्यान निधि र प्रकाशमानतिर, “आन्तरिक छलफलमा छौं : ” निधि



अ+ अ-

काठमाडौंः नेपाली काँग्रेसको सभापतिका लागि भएको मतदानमा झिनो मतसंख्या नपुगेसँगै पार्टी सभापति शेर बहादुर देउवाले तेस्रो र चौथो स्थानमा रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधिसँग परामर्श थाल्नु भएको छ ।

पहिलो चरणमा कूल खसेको ४६८१ मतमध्ये नेता विमलेन्द्र निधिले २४९ मत प्राप्त गर्नु भएको छ भने प्रकाशमान सिंहले ३७१ मत प्राप्त गर्नु भएको छ ।

पहिलो चरणमा सभापतिका प्रत्यासी शेर बहादुर देउवाले २२५८ मत र डा शेखर कोइरालाले १७४० मत प्राप्त गर्नु भएको थियो । अब सबैभन्दा बढी मत प्राप्त गर्ने देउवा र डा कोइरालाबीच प्रतिस्पर्धा हुनेछ, र आजै मतदान हुने तयारी निर्वाचन समितिले गरिरहेको छ ।

सभापति देउवाका तर्फबाट प्रकाशमान सिंहसँग वार्ता गर्न गृहमन्त्री बालकृष्ण खाँण उहाँको निवास चाक्सीबारी पुग्नु भएको छ । भेटका क्रममा सिंहले आफूले अर्का नेता विमलेन्द्र निधिसँग छलफल गर्ने बताउनु भएको थियो ।

दुबै नेताले आफूहरु आन्तरिक छलफलमा रहेको र कसलाई समर्थन गर्ने भन्नेमा निर्णयमा पुगिनसकेको पनि बताउनु भएको छ ।