८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग ड्रः रियल र पिएसजी अन्तिम १६ मा भिड्ने, युनाईटेडविरुद्ध एट्लेटिको



अ+ अ-

एजेन्सी । यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी)बीच प्रतिस्पर्धा हुने भएको छ । 

सोमबार नै भएको पहिलो ड्र सफ्टवेयरको खराबीका कारण अमान्य रहेपछि पुनः ड्र गरिएको हो ।  

सुरुवाती ड्र अनुसार एक आपसमा पर्न नमिल्ने टोली पनि एक आपसमा राखिएपछि समस्या आएको थियो । 

अन्तिम १६ को नयाँ ड्रः

बायर्न म्युनिख विरुद्ध एफसी साल्जबर्ग

म्यानचेस्टर सिटी विरुद्ध स्पोर्टिङ लिस्बन

आयाक्स विरुद्ध बेन्फिका

लिल विरुद्ध चेल्सी

म्यानचेस्टर युनाइटेड विरुद्ध एट्लेटिको म्याड्रिड

युभेन्टस विरुद्ध भिल्लारियल

लिभरपुल विरुद्ध इन्टर मिलान

रियल म्याड्रिड विरुद्ध पेरिस सेन्ट जर्मेन