२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

संजय दत्तकी छोरीमाथी आईलाग्यो यस्तो बज्रपात, कसलाई भनिन् ‘तिमी मभित्र सधैं जिउँदो रहनेछौ’



अ+ अ-

काठमाडौं । बलिउडका सञ्जु बाबा भनेर चिनिने संजय दत्तकी छोरी त्रिशाला दत्तको प्रेमीको अचानक मृत्यु भएको छ । इटालियन प्रेमीको मृत्युबारे त्रिशाला आफैंले आफ्नो इन्स्टाग्राममा जानकारी दिएकी छिन् । उनले निकै दुःखी भएर सोसल मिडियामा प्रेमीसँगको फोटो पोष्ट गर्दै स्टेटस लेखेकी छिन् ।

उनले बिहिबार लेखेकी छिन्, ‘म भित्रैदेखि टुटेकी छु । मलाई प्रेम र केयर गरेकोमा तिमीलाई धन्यवाद । तिमीले मलाई जीवनमा यति धेरै खुसी दियौ जुन म कहिले पनि भइनँ । तिमीलाई भेटेर म संसारको सबैभन्दा भाग्यमानी युवती बनेँ र तिम्रो बन्न पाउँदा म धन्य भएँ । तिमी मभित्र सधैं जिउँदो रहनेछौ । म तिमीलाई प्रेम गर्छु र अर्कोपटक भेट नहुञ्नजेलसम्म तिमीलाई मिस गरिरहनेछु ।’

सन् १९८६ अक्टोबर ७ मा जन्मेका उनको प्रेमीको कसरी मृत्यु भयो त्यो भने त्रिशालाले लेखेकी छैनन् ।

उनले लेखेकी छिन्, ‘म तिमीलाई हिजोको भन्दा आज बढी माया गर्छु तर सायद भोलि गर्नेजति गर्दिनँ ।’

यसअघि यो जोडी त्यतिबेला चर्चामा आएको थियो जब त्रिशालाले आफ्ना प्रेमीबारे केही पोष्ट सोसल मिडियामा सेयर गरेकी थिइन् । यी पोष्टमा उनले प्रेमीको नाम उल्लेख गरेकी छैनन् तर उनी एक इटालियन नागरिकलाई डेट गरिरहेको भने जानकारी दिएकी थिइन् ।