२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलामाथि सामूहिक बलात्कार गर्न फेसबुक पोस्टबाट आह्वान गरेपछि…



अ+ अ-
सांकेतिक तस्विर

काठमाडौं। उत्तर प्रदेशको रामकोलाकी भाजपाको महिला मोर्चाकी एक नेतृ सुनीता सिंह गौडलाई मुसलमान विरोधी फेसबुक पोस्ट गरेको आरोपमा पदबाट हटाइएको छ ।

केही दिन पहिले उनले फेसबुकमा हिन्दू पुरुषहरुलाई मुसलमानका घरमा पसेर त्यहाँ रहेका महिलालाई बलात्कार गर्न आह्वान गरेकी थिइन् ।

गौडको फेसबुक पोस्टमा लेखिएको छ, ‘अब एउटै उपाय बाँकी रहेको छ । १० हिन्दू भाई एकसाथ मिलेर तिनका बहिनी र तिनका आमालाई खुल्ला सकडमा बलात्कार गरुन् । त्यसपछि तिनलाई घाइते बनाएर बीच बजारको खम्बामा टाङ्ग दिउन् । ढुङ्गाको बदला ढुङ्गाले दिनुपर्छ ।’

मुसलमान पुरुषबाट हिन्दू महिलाको बलात्कार भइरहेको र त्यसको समाधानको उपाय उनले यो मात्र देखेको लेखेकी छिन् ।

भारतीय युट्युव न्युज पोर्टल लल्लनटपको रिपोर्ट अनुसार, ‘गौडको पोस्ट हाल फेसबुकबाट हटाइएको छ । तर पोस्टको स्क्रिनसट भने समाजिक सञ्जालमा भाइरल बनेको छ ।

भाजपा महिला मोर्चाकी राष्ट्रिय अध्यक्ष विजया राहत्करले गौडको पोस्टबारे प्रतिक्रिया दिएकी छिन् । विजयाले ट्वीट गर्दै यस प्रकारको ‘घृणित टिप्पणी’ सह्य नहुने र गौरलाई निष्कासित गरेको बताएकी छिन् ।

पत्रकारलाई बाँडिएको विज्ञप्ती अनुसार गौडलाई जुन २७ मा पदबाट हटाइएको छ ।