२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपनामा यस्तो देख्नु हुन्छ ? संकेत यी हुन सक्छन्



अ+ अ-

वास्तवमा भन्नुपर्दा, ‘सपना’ भनेको हाम्रो अवचेतन मनमा भएका कुराहरूलाई हामीसामुन्ने देखाउने श्रोत हो भन्न सकिन्छ। हरेक संस्कृतिले ‘सपना’लाई भिन्नाभिन्नै दृश्टिकोणले हेर्ने गर्दछ भने हरेकले आफ्नै तरिकाले सपनालाई व्याख्या गर्ने गर्दछ।

कसैले सपनालाई मानिसको मनोविज्ञान बुझ्ने माध्यमको रूपमा हेर्ने गर्दछन् भने कसैले यसलाई अलौकिक शक्तिको रूपमा पनि हेर्ने गर्दछन्। त्यसैगरी, ‘मन्दिर गएको’ सपनालाई पनि थुप्रै दृश्टिकोणले हेर्न सकिन्छ साथै थुप्रै तरिकाले व्याख्या गर्न सकिन्छ।वैज्ञानिकहरुले सपनालाई अवचेतन मनको कल्पनाको रुपमा व्याख्या गर्छन् ।वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् ।

आज हामीले हिन्दू धर्मशास्त्र ज्योतिषीय मान्यताअनुसार कस्तो सपना देख्दा कस्तो फल प्राप्त हुन्छ भन्ने कुरा यहाँ प्रस्तुत गरेका छौं ।

1.सुराही देखेमा आवारा मानिससँग संगत हुन्छ ।

2. हिलोमा फसेको देखेमा कष्ट र अपव्यय हुन्छ ।

3.मुद्रा पाएको सपना देखेमा लडाईँमा जानुपर्ने हुनसक्छ ।

4.सपनामा रोएको देखे असह्य बिमारी वा सन्तान कष्ट हुनसक्छ ।

5. विवाह वा वैवाहिक उत्सव देखिनु अशुभ हुन्छ । विपत्ति आउनसक्छ ।

6.सपनामा मस्तिष्क वा टाउको देखिए विपत्ति र टाउको काटिएको देखेमा अनिष्ट हुन्छ ।

7.आफू भोको रहेको देखेमा विपत्ति आउनसक्छ । अरुलाई भोको देखेमा स्त्री लाभ हुन्छ ।

8. सपनामा भिक्षा लिएको वा दिएको देखेमा अशुभ हुन्छ । गरिबीले सताउन सक्छ ।

9.दाँत झरेको वा भाँच्चिएको देखेमा दुःख र झन्झट आईपर्छ ।

10.घना बादल देखेमा विरक्ति उत्पन्न हुन्छ ।

11. भूइँचालो गएको सपना देखेमा सन्तान कष्ट र दुस्ख हुन्छ ।

12.मरेको मानिसले बोलाएको देखेमा विपत्ति आउँछ ।

13. रत्न वा मणि देखेमा दुस्ख बढ्छ, अपव्यय हुन्छ ।

14. सुकेको बगैँचा देखिएमा विपत्तिमा फसिन्छ ।

15.सुकेको अन्न खाएको सपना देखेमा कष्ट र व्यर्थमा हैरानी हुन्छ ।

16.सर्प मरेको देखेमा मृत्युको भय हुन्छ ।

17.माकुरोले टोकेको देखेमा रोगले आक्रमण गर्छ ।

18. बिच्छिले डसेको देखेमा मुत्युकारक हुन्छ ।

19.सपनामा स्याल देखिनु मृत्यु र दुस्खको कारक हो ।

20.रोगी पशु देखेमा जेठो छोरोलाई कष्ट पर्छ ।

21.सपनामा काग देखेमा अशुभ हुन्छ । मृत्युको भय हुन्छ ।

22.सपनामा बिरालो देखिए चोरी हुन्छ, शत्रु बढ्छन् ।

23.दुब्लो गाई वा गोरु देखेमा दुस्ख कष्ट हुन्छ ।

24.सपनामा ओढ्ने कम्मल देखेमा बदनामी हुन्छ ।

25.कोइला देखेमा व्यर्थमा झगडा हुन्छ ।

26. कैँची देखेमा पनि झगडा वा विवाद हुन्छ ।

27. सपनामा बन्द ढोका देखेमा हैरानी वा दुस्ख खेप्नुपर्छ ।

29.डोरी देखेमा यात्रामा हैरानी वा झन्झट हुन्छ ।