८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आनन्द ढुंगाना र रमेश रिजाल कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध



अ+ अ-

 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित हुनु भएको छ ।

प्रदेश नम्बर २ क्लस्टरबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित हुनु भएको हो ।

यो क्लस्टरबाट जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचित ढुंगाना र रिजाल दुबै पार्टी सभापति शेर बहादुर देउवा निकट हुनुहुन्छ ।