काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका मीन बहादुर विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ ।
श्री विश्वकर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य पदबाट आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी केन्द्रीय निर्वाचन समितिलाई दिएको बताउनु भएको छ ।
सभापति शेर बहादुर देउवाको समूहबाट सहमहामन्त्री पदमा आकांक्षी रहे पनि उहाँको नाम अन्तिम समयमा काटिएको थियो । देउवा प्यानलबाट महामन्त्रीमा डा प्रकाशशरण महत र नेता कृष्णप्रसाद सिटौला निकट प्रदीप पौडेल उम्मेदवार बन्नु भएको छ । विश्वकर्मा आफू देउवा प्यानलमा नअटाएपछि असन्तुष्ट देखिँदै आउनु भएको छ ।













