२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौरखी अन्जित चौधरीको उदाहरणीय कागती खेती



अ+ अ-


नारायणी रजौरे
दाङ – तीन वर्षजति अघि निल काटा र संैजनको झाडी रहेको दाङको गढवा गाउँपालिका वडा नं ३ गोबरडिहाको बिद्यानगरमा अहिले हरियालीमा छाएको छ ।
हरिया बोटमा लटरम्म फलेको छ कागती । दुई वर्षपछि अहिले त्यहाँ पुग्ने मानिस झुक्किन्छन् र त्यही ठाउँ हो कि होइन भनेर यताउता हेर्न थाल्छन् ।
उनीहरुको ध्यान हरियाली र यतिमात्र नभएर लटरम्म फलेका कागतीले तान्न थाल्छ । बाटो हिँड्ने मात्र होइन कि यतिखेर त्यहाँका स्थानीय गाउँले पनि कागती खेती हेर्न पुग्ने गरेका छन् ।
ती पौरखी किसान हुन्– गढवा गाउँपालिका वडा नं ३ गोबरडियाका ३० वर्षीय युवा अन्जित चौधरी । उहाँले व्यवासायीक रुपमा गर्नु भएको उन्नत जातको कागती खेतिले उहाँको जीवन राम्ररी चलेको मात्र होइन यस स्थानकै शोभा बढाइदिएको छ ।
चौधरीले डि एण्ड के सिट्स कृषि फार्म खोलेर व्यवसायीक रुपमा उन्नत जातको कागती खेति गर्न थाल्नुभएको छ ।
विस २०७४ मा उहाँले यहाँको १० विघा जमिन २५ वर्षका लागि भाडामा लिएर सुरुमा २० लाख रुपैयाँ लगानी गरेर व्यवसायीक रुपमा उन्नत जातको कागती खेती थालेको उहाँले बताउनुभयो ।
उहाँले १० विगा जमिनमध्ये साढे ६ विघामा कागती खेती गर्नु भएको छ भने अन्य जमिनमा रेशम खेती छ । धनकुटामा रहेको बनस्पति उद्यानबाट सुन कागती १ र सुन कागती २ जातको उन्नत जातका तीन हजार कागतीका विरुवा खरिद गरी खेती थालेको उहाँको भनाई छ ।
सो जग्गाको वार्षिक रुपमा रु २ लाख भाडा तिर्नुहुन्छ । उहाँले अहिले दुई जनालाई पुर्ण रुपमा र ७ जनालाई आंशिक रुपमा रोजगारी दिइरहनुभएको छ ।
उहाँले भन्नु भयो “दुई वर्ष भयो विरुवा रोपेको एक बर्षमा नै फल्न थाले पनि सुरुको बर्षका अधिकांश दाना झरेर गए । फल धेरै लाग्ने तर बोटा साना भएकाले असर गर्ने हुँदा आम्दानी भएन । यसपटक भने कागतीको राम्रो आम्दानी हुन्छ भन्ने आशमा छाँै ।”
बाबु बाजेले धान, मकै, गहुँ खती गर्नुभयो र कृषि क्षेत्रमा नै रमाएर बस्नु भयो । मैले पनि अहिले क्याम्पसमा पढदै र परम्परागत खेतीले आम्दानी धेरै नहुँने हुँदा यो पेशालाई रोजेको छु– उहाँको भनाई छ । सफल हुन्छु भन्ने आशा पनि छ उहाँले भन्नुभयो । तर पनि केही समस्या रहेको भन्दै आफूलाई खेती लाई फस्टाउन सिँचाई र कागतीलाई रोग लागेमा कसरी बचाउने भन्ने चिन्ता छ उहाँलाई ।
उहाँले दक्ष प्राविधक र कीटनाशक औषधीको प्रयोग बारे सहयोग गरीदिन सरकारलाई आग्रह गर्नुभयो ।
त्यस्तै छाडा चौपायाको विगविगीले पनि आफुलाई समस्या गराएको उहाँको गुनासो छ ।
आफुलाई यो खेतीतर्फ उत्साहित गराउन गत वर्ष गढवा गाउँपालिकाले रु ३ लाख र कृषि ज्ञान माला केन्द्र घोराहीले रु २ लाख अनुदान उपलव्ध गराएको बताउनु भयो ।
उहाँको कागती फाराम यस क्षेत्रकै सबैभन्दा ठुलो रहेको र के कसरी खेती गर्ने भन्ने जानकारी लिन र अवलोकन गर्न अहिले सञ्चारकर्मी, सर्बसाधारण, कृषक र सरकारी उच्च ओदाका कृषि क्षेत्रका मानिसहरु आउने गरेको बताउनु भयो ।

उहाँको कागती बगैचामा भेटिनु भएका तुलसीपुर उपमहानगरपालिका वडा नं १० स्थायी घरभई हाल गोबरडिहामा डेरागरी बस्ने तेज प्रसाद शर्माले आफु चौधरीले गरेको कागती खेति देखेर निकै उत्साहीत भएको बताउनु भयो । शिक्षण पेशा गदै आउनु भएका २७ वर्षिय उहाँले भन्नुभयो– म यहीँ नजिकैको गाउँमा बस्छु प्राय बेलुकी घुम्न कागती खेतिमा नै आउने गरेको छु ।
दुई वर्षअघि मात्र निकै ठूलो झाडी थियो तर अहिले हेर्दा हेर्दै कागतीको बगैँचा बन्यो उहाँले भन्नु भयो ।
चौधरीले नेपालमा ८० प्रतिशत कागती भारत लगाएतका देशबाट आउने र २० प्रतिशतलाई मात्र यहाँ उत्पादन हुने भन्ने केही बर्ष पहिले एउटा समाचार पढेकोले आफूलाई यस खेतीमा लाग्न सोही समाचारले आकर्षित गरेको बताउनुहुन्छ ।
पुर्वी नेपालमा भ्रमण गएको बेलामा त्यहाँ गरेको कागती खेती अबलोकन गर्ने मौका पाएको र कागतीमा राम्रो सम्भावना देखेर यो खेतिमा लागेको उहाँको भनाई छ ।
चौधरीले कृषि प्रधान हाम्रो देशमा यहाँ कृषिका अत्यन्तै राम्रो सम्भावना र यही माटोमा मेहनत गरे मनग्गे आम्दानी गर्न सक्ने बताउनुहुन्छ ।
उहाँले यस पटक भएको आम्दानीबाट थोपा सिचाई र तारजाली लगाउने योजना बनाउनुभएको छ । राम्रो उत्पादन तथा आम्दानी भएमा कागती प्रशोधन केन्द्र समेत खोल्ने आफ्को योजना रहेको पनि उहाँ बताउनु भयो ।
उहाँले बर्षेनी युवाशक्ति रोजगारकालागि भारत तथा खाडी मुलक जाने गरेकोमा यसलाई राज्यले रोकेर आफ्नै देशमा यस्तै आयआजर्नमुलक काममा लगाउनुपर्ने सुझाव दिनुभयो ।
त्यसको लागि अनुदानमा ऋण, किटनाशक औषधी, विउ विउविजन, मल, सिचाईको व्यवस्था गरिनुपर्ने उहाँको सुझाव छ ।
त्यस्तै सीपमुलक कृषि कार्यक्रम दिनुपर्छ भन्नुहुन्छ उहाँ । ती विदेशीने युवाहरुलाई लक्षित गरी एकीकृत कृषि व्यवसाय फाराम सञ्चालन ल्याउन सके ती युवाहरुले स्वदेशमा नै राजगारी पाउन सक्ने उहाँको धारणा छ । रासस




भर्खरै