५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाका आन्द्रे गोमेज इभर्टन फर्किए, पुन: ५ वर्षे सम्झौता



अ+ अ-

काठमाडौं । स्पेनिस कल्ब बार्सिलोनाका मिडफिल्डर तथा पोर्चुगिज आन्द्रे गोमेज भने इभर्टनमा आबद्द भएका छन् । एक सिजन लेनमा इभर्टनबाट बार्सिलोना आएका उनि फेरी इभर्टन फर्किएका हुन् ।

संचार माध्यमका अनुसार गोमेजले इभर्टनसँग ५ वर्षे सम्झौता गरेका छन् ।स्पेनिस क्लव भ्यालेन्सियाबाट खेलीसकेका २४ बर्षे युवा स्टार गोमेज बल पोजिसनमा बुद्धिमता र पास दिले तीक्ष्ण क्षमताका भएको खेलाडीको रुपमा लिइने गरेको थियो ।

२२ मिलियनमा इभर्टन आएका उनले भने, ‘यो निर्णय गर्न मलाई कठिनाइ भएन र म यसबाट एकदमै खुसी छु ।’

गोमेजले बार्सिलोनाबाट ७९ खेल खेलेका छन् । उनले बार्सिलोनालाई चार उपाधि दिलाएका छन् । उनले एक लालिगा,दुई कोपा डेल रे र एक स्पेनिस सुपर कपको उपाधि दिलाएका थिए ।

बार्सिलोनाका ब्याक अप गोलकिपर जेस्पर सिलिसन भ्यालेन्सियामा अबद्द भएका छन् । बार्सिलोनामा कम अवसर पाएका उनी नियमित फुटबल खेल्न भ्यालेन्सिया गएका हुन् । उनले आगामी सिजन च्याम्पियन्स लिग खेल्न पाउनेछन् ।

अयाक्सबाट २०१६ मा बार्सिलोना आएका उनी ब्याक अप गोलकिपर थिए । उनले कल्बबाट सोचे अनरुप खेल खेल्न नपाउदा कल्ब छाडेका हुन् ।पहिलो रोजाईका गोलकिपर टर स्टेगनको बैकल्पिक खेलाडीको रुपमा रहदै आएका जेस्पर बेन्चमा बस्दै आएका थिए ।

बार्सिलोनामा ३ सिजन बिताएका गोलरक्षकले भ्यालेन्सियामा पहिलो रोजाइ बन्दै खेल्न पाउने जेस्परले बताए । यता भ्यालेन्सियाको गोलकिपर नेटो भने बार्सिलोनामा आउने भएका छन् ।

आफ्नो ब्याक अप गोलकिपर जेस्पर सिलिसन भ्यालेन्सियामा अबद्द भएपछि बार्सिलोनाले नेटोलाई भित्र्याउने भएको हो । अब नेटोले पहिलो रोजाईका गोलकिपर टर स्टेगनको सामना गनुपर्ने भएको छ । यता अयाक्सबाट २०१६ मा बार्सिलोना आएका जेस्परले कल्बबाट सोचे अनरुप खेल खेल्न नपाउदा कल्ब छाडेका हुन् ।