२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाल्डोमा बस खस्दा ६ को मृत्यु, ४५ घाइते



अ+ अ-

काठमाण्डौं । बिहीबार भएको दुर्घटनामा परि छ जनाको मृत्यु हुनुका साथै ४५ जना घाइते भएका छन् । भारतको पूर्वी राज्य झारखण्डमा एक खाल्डोमा खसेपछि सो दुर्घटना भएको जनाइएको छ ।

झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुसार मङ्गलबार ३ः३० बजे बिहान सो दुर्घटना भएको जनाइएको छ । छतिसगढको छिमेकमा पर्ने अम्बिकापुर जिल्लाबाट गडवातर्फ गईरहेको सो बस दुर्घटना भएको जनाइएको छ ।

दुर्घटना भएको सो स्थानमा उद्धारकार्य सकिएको र घाइतेहरुलाई उपचारको लागि नजिकको अस्पतामा लगिएको प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएको छ ।

यस दुर्घटनामा गम्भीर घाइते भएका छ जना व्यक्तिलाई प्रान्तीय राजाधानी राँचीमा रहेको सरकारी अस्पतालमा लगिएको बताइएको छ ।

घाइते मध्ये केहीको अस्वथा गम्भीर भएको हुनाले मृतकहरुको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरीको रहेको छ ।