२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीयको दादागिरी : नेपाली बस्ती डुबानमा, दुई तिहाईको सरकार मौन



अ+ अ-

काठमाडौं । भारतले सीमाक्षेत्रमा अन्तर्राष्ट्रिय नियमविपरीत निर्माण गरेको ‘बाँधजस्ते सडक’ ले पानीको निकास थुनेपछि बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिका डुबानमा परेको छ ।

नरैनपुर भारतीय सीमाक्षेत्रसँगै जोडिएको गाउँपालिका हो । पालिकाको उत्तरतिरबाट बग्ने पानीले पूर्व–पश्चिममा भारतले निर्माण गरिरहेको बाँधजस्तो सडकका कारण कारण निकास नपाउँदा नरैनापुरका १,२ र ३ वडा डुबान परेका हुन् ।

बनियाँ गाउँ, महतनियाँ, मझेरटी, मियाँपुर्वा, घोरदौरिया, महादेवनगर, कोटीहा, वहाबपुर्वा, रोसनपुर्वालगायत दर्जनौँ गाउँ डुबानमा परेको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।