२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकालुवाट आयो यस्तो दुःखद खबर !, हेलिकप्टरबाट राहत सामग्री लगिँदै



अ+ अ-

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा पहिराले २९ घर परिवार विस्थापित भएका छन् । असार १ र २ गते लगातार २४ घण्टा भन्दा बढी परेको पानीले गाउँपालिका–५ पेपुवाका चार गाउँका २९ परिवार पहिरोबाट विस्थापित भएका छन् । भने २२ घर उच्च जोखिममा परेको ५ नम्बर वडाका अध्यक्ष जापान गुरुङले जानकारी दिए ।

पहिरोले पेपुवाका २९ घर परिवार विस्थापित भएपछि एकै ठाउँमा भेला भएर रातभर जागारम बस्ने गरेको वडा अध्यक्ष गुरुङले बताए । पेपुवाका चारैतिर पहिरो झरेकाले स्थानिय त्रसित भएको उनले बताए । कुनै पनि बेला माथिबाट पहिरो खस्ने भएकाले पेपुवाका चार गाउँका २९ घर परिवारलाई सुरक्षित स्थानमा सारिने वडा अध्यक्ष राईले बताए ।

पहिरोको उच्च जोखिममा परेका २९ घर परिवारलाई गाउँपालिकाले आइतबार हेलिकप्टरबाट राहत सामग्री लग्ने भएको छ । गाउँपालिकाले पहिरोको उच्च जोखिम भएका २९ परिवारलाई हेलिकप्टरबाट दाल, चामल, नुन, तेल, पाल, भाडाँकुडा जस्ता राहत सामग्री वितरण गरिने वडा नम्बर ५ का अध्यक्ष जापान गुरुङले जानकारी दिएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।