२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूतावास हेर्ने बहानामा दलबलसहित विदेश जाँदै सांसद



अ+ अ-

काठमाडौं । विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगको अवस्था बुझ्न भन्दै परिवार, आफन्तसहित सांसदको टोली विदेश भ्रमणमा जाँदै छ । संघीय संसद्को सार्वजनिक लेखा समितिका सांसदहरू सरकारी खर्चमा विदेश यात्रामा निस्कन लागेका हुन् ।

लेखा समितिअन्तर्गत गठित उपसमितिमा रहेका चार सांसदसहित समिति सभापति, एक जना समिति सचिवालय सदस्य र परराष्ट्र मन्त्रालयका उपसचिव यही साताभित्र पश्चिम एसिया र युरोपका चार मुलुकको भ्रमणमा जाने तयारीमा रहेको संसद् सचिवालयका एक अधिकारीले बताए । प्रधानमन्त्री केपी ओलीले सरकारमा आएलगत्तै अनावश्यक विदेश भ्रमण निरुत्साहित गर्ने बताएका थिए ।

राजेन्द्रकुमार केसी नेतृत्वमा रहेको उपसमितिमा चन्दा चौधरी, प्रेम आले र अमनलाल मोदी सदस्य छन् । उपसमिति सदस्यसँगै समिति सभापति भरतकुमार शाह पनि विदेश भ्रमणमा जाँदै छन् भने समिति सचिव डा। रोजनाथ पाण्डे पनि विदेश भ्रमणमा जानेको सूचीमा छन् । उनीहरूको यात्रा सहजीकरणका लागि परराष्ट्र मन्त्रालयका एक उपसचिव टोलीमा सहभागी हुँदैछन्। अर्थ मन्त्रालयबाट पनि एक सदस्य भ्रमण टोलीमा समावेश गर्नुपर्ने माग गरिएको छ ।

टोलीले साउदी अरेबिया, बेलायत, जर्मनी र फ्रान्समा रहेका नेपाली दूतावासको अनुगमन गर्नेछ। असार ५ गते नै विदेश जाने बताइए पनि प्रक्रिया लम्बिँदा ढिलाइ भइरहेको उपसमिति सदस्य चन्दा चौधरीले बताइन् ।, समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।