५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशका अधिकांश स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । शनिबार देशका विभिन्न स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

आज पूर्वी तथा मध्य भू–भागमा समान्यतया बदली र पश्चिमी भू–भागमा आंशिक बदलीको सम्भावना छ भने मध्य तथा पश्चिमका केही स्थानहरुमा बिहानीपख मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


शुक्रबार साँझतिर काठमाडौँ लगायत देशका मध्य भुभागका अन्य केही क्षेत्रमा पानी परेको थियो ।

दिउँसो : देशको पुर्वी तथा मध्य भु-भागमा समान्यतया बदली रहने र पश्चिमी भु-भागमा आंशिक देखि सामान्य बदली रहने देखिन्छ। साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा बिहानीपख मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। पुर्वका धेरैजसो स्थानहरुमा मेघ गर्जन सहित मध्यम खालको वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रही मध्य तथा पुर्वका धेरैजसो स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।