५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री तथा काँग्रेस नेता बुढाथोकी सहित ४ जना राजनीतिक योद्धालाई सम्मान



अ+ अ-

भद्रपुर । झापाली बामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय द्रोणप्रसाद आचार्यको २६ औं स्मृति दिवसको अवसर पारेर पूर्वमन्त्री तथा काँग्रेस नेता केशवकुमार बुढाथोकी सहित ४ जना राजनीतिक योद्धालाई सम्मान गरिएको छ ।

द्रोणाचार्य स्मृति प्रतिष्ठान झापाको आयोजनामा चन्द्रगढीमा आयोजित कार्यक्रममा जनपक्षीय उम्मेद्वार भइ पञ्चायतको निरङकुश शासन व्यवस्था ढालेर प्रजातन्त्र स्थापनामा योगदान दिएको भन्दै काँग्रेस नेता बुढाथोकी, किशान आन्दोलनका अग्रणी व्यक्तित्व भीम कुँवर, कानुन व्यवसायी लीला उदासी खनाल र हरिप्रसाद अधिकारीलाई सम्मान गरिएको हो । सम्मानित व्यक्तित्वलाई प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले दोषल्ला र सम्मान पत्रले सम्मान गरे ।

प्रतिष्ठानका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षता तथा प्रदेश सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानलाई ५ जना दाताले ३ कठ्ठा ११ धुर जग्गा दान दिएको घोषणा समेत गरेका थिए । प्रतिष्ठानका लागि भद्रपुर ९ मा हर्कमाया भट्टराईले एक कठ्ठा एकधुर, भगवान पौडेलले एक कठ्ठा, घननाथ भट्टराईले १० धुर, कुमारी रसाइलीले १० धुर र तुलसा ढुंगेलले १० धुर जग्गा प्रदान गरेको घोषणा गरेका थिए ।