५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने भएपछि गण्डकी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित



अ+ अ-

पोखरा । गण्डकी प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने भएपछि शुक्रबार बस्ने भनिएको प्रदेशसभाका बैठक आइतबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

बैठकमा विनियोजन विधेयकमाथि छलफलमा भाग लिने कार्यक्रम थियो । तर बजेट पुस्तिका त्रुटिपूर्ण रहेको र सच्याउनुपर्ने माग राख्दै कांग्रेस बैठक अवरुद्ध गर्ने तयारीमा थियो ।

गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको ‘रेडबुक’ त्रुटिपूर्ण रहेको र कार्य व्यवस्था समितिमा सच्याउन माग राख्दा बैठक नै स्थगित गरिएको प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले बताए ।