५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला प्रकरण : एसपी र डीएसपीसहित २ जना प्रहरी जवानविरुद्ध जाहेरी



अ+ अ-

कञ्चनपुर । निर्मला पन्त प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरिएका विशाल चौधरीलाई प्रहरीले यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ ।

अधिकारकर्मीसहित जिल्ला प्रहरी कार्यालय पुगेका विशाल र वीरबहादुरले बिहीबार दिउँसो जाहेरी दिएका हुन् । जिल्ला प्रहरीका तत्कालीन एसपी कुवेर कडायत र डीएसपी कृष्ण ओझासहित २ जना प्रहरी जवानविरुद्ध जाहेरी दिएका हुन् ।

१६ दिन हिरासतमा रहेका विशाललाई प्रहरीले अपराध कबुल गर्न धेरै यातना दिएको वीरबहादुरको आरोप छ । उनलाई मंसिर १९ गते पक्राउ गरी २० गते काठमाडौं पठाइएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा प्रदीप रावललाई पक्राउ गरेपछि उनकै बयानका आधारमा भीमदत्त–१८ भगतपुरका विशाल र अर्का आरोपित दिनेश चौधरीलाई नियन्त्रणमा लिइएको थियो । दिनेशलाई काठमाडौं पठाइएको दोस्रो दिनै छाडे पनि विशाललाई पुस ६ गते मात्र वीरबहादुरको जिम्मा लगाइएको थियो ।

जाहेरीसँगै घाउजाँच केस फाराम र अस्पतालमा उपचार गराएका कागजातसमेत पेस गरिएको छ । शिक्षण अस्पताल काठमाडौंमा गरिएको मानसिक स्वास्थ्य जाँचको रिपोर्ट समावेश गरिएको छ ।