५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनप्रतिनिधिको सवारी बजेटले दमकल



अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा चालू आर्थिक वर्षमा जनप्रतिनिधिलाई सवारीसाधन खरीदका लागि छुट्याइएको बजेटबाट दमकल खरीद गरिएको छ । गत वर्ष पुसमा सम्पन्न नपा कार्यापालिका बैठकले उक्त निर्णय गरेको थियो ।

कार्यालयको गाडी तथा वडाध्यक्षलाई मोटरसाइकलका खरीदका लागि छुट्याइएको बजेटले दमकल खरीद गरिएको नपाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षमा सवारी खरीदका लागि विनियोजित रु ७५ लाख रकममध्ये बोलपत्रमार्फत रु ५० लाख ५० हजारमा दमकल खरीद गरिएको हो ।

नगरप्रमुख महेश खरेलले कार्यपालिकाले चालू आवमा गाडी तथा मोटरसाइकलको बजेटले दमकल खरीद गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नगरको आवश्यकतालाई पहिलो प्राथमिकता दियौँ”, नगरको चालू आर्थिक वर्षमा रु २१ लाख ७५ हजार वडाध्यक्षलाई मोटरसाइकल खरीद गर्न छुट्याइएको थियो ।

कार्यपालिकाले नगरको आवश्यकतालाई प्राथमिकता दिएर मोटरसाइकलको बजेट दमकल खरीद गर्ने निर्णयप्रति सबै वडाध्यक्ष सहमत भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि पाँचखाल क्षेत्रमा आगलागी हुँदा निकै समस्या झेल्दै आइएको थियो ।”

अघिल्लो आवमा नगरप्रमुखलाई गाडी खरीद गर्न छुट्याइएको रु ४५ लाख पनि तीन वडाका बासिन्दाका लागि खानेपानी व्यवस्थापनमा खर्चिएको थियो ।