२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची अझै अनिश्चित, मन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठ्यो



अ+ अ-

काठमाडौं। मन्त्रिपरिषद्ले गत जेठ ६ गते मेलम्ची खानेपानी आयोजनाको बाँकी काम छिटोभन्दा छिटो सक्न ४३ करोड रुपैयाँमा ठेक्का दिई तत्काल काम थाल्ने निर्णय गर्‍यो। निर्णय भएको एक महिना बिते पनि अझै काम सुरु भएको छैन तर ठेक्काचाहिँ दिइएको छ- बिनाप्रतिस्पर्धा।

अघिल्लो ठेकेदार इटालियन कम्पनी सीएमसीलाई ३६ करोड रुपैयाँ भुक्तानी गरेको भए गत माघ २७ मै मेलम्चीको पानी काठमाडौं आइसक्थ्यो। ठेकेदारलाई भुक्तानी नदिँदा आयोजना रद्द भएको थियो। त्यसपछि बाँकी कामका लागि मन्त्रिपरिषद्ले दुई अर्ब ५२ करोड रुपैयाँको लागत स्वीकृति र ठेक्का गर्ने निर्णय गरेको हो। ठेक्काको कुल १० वटा प्याकेजमध्ये दुईवटामा मात्रै प्रतिस्पर्धा हुँदैछ। बाँकी ठेक्का तोकआदेशका भरमा दिइएको छ।

आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेल र प्रधानमन्त्रीका पूर्वाधार विज्ञ एवं मेलम्चीका पूर्वकार्यकारी निर्देशक घनश्याम भट्टराईले आठवटा ठेक्का प्याकेज बनाएका छन्। त्यस्तो ठेक्का उनीहरूले मन परेका ठेकेदारलाई धमाधम दिन थालेका छन्। स्रोतका अनुसार दुईवटा दिइसके। मन्त्रिपरिषद्बाटै काम छिटो सक्न बिनाप्रतिस्पर्धा ठेक्का दिए पनि हुने कार्यादेश प्राप्त भएकाले त्यसैको आडमा व्यापक चलखेल सुरु भएको हो।

ती आठ प्याकेजमध्ये श्रेष्ठ कन्स्ट्रक्सन भन्ने कम्पनीले ग्याभिन वाल लगाउने १७ करोड रुपैयाँको ठेक्का पायो। उक्त कम्पनीका एकजना प्रतिनिधि झोला बोकेर सिन्धुपाल्चोकको मेलम्ची पुगे। स्थानीयले ‘अरू कुरा बाँकी नै छ, त्यो पूरा भएपछि आउनुहोला’ भन्दै फर्काइदिए। आयोजनाका कार्यकारी निर्देशक कँडेलले भने तीन करोडमा ठेक्का दिएको दाबी गरे।

त्यसैगरी टुन्डी कन्स्ट्रक्सनले सुन्दरीजलमा ६ करोडको ठेक्का पायो। टुन्डीलाई काम गर्ने वातावरण मिलाउन गत साता खानेपानी सचिव दीपेन्द्रनाथ शर्मा, आयोजना प्रमुख कँडेल र प्रधानमन्त्रीका विज्ञ भट्टराई साइटमै पुगे। त्यहाँ पनि मेलम्चीको अन्तर्राष्ट्रिय ठेकेदारका मजदुरले आफूले भुक्तानी पाउनुपर्ने माग राखे। सात दिनभित्र दिने भनेर कागजै गराए।

मन्त्रिपरिषद्ले सीमएसीले छाडेको काम १० वटा टुक्रामा विभाजन गरी ठेक्कापट्टा गर्ने निर्णय गरेको थियो। त्यसमध्ये आठवटा प्याकेजमा प्रतिस्पर्धा गर्नु नपर्ने भनिएको छ। यसको फाइदा उठाउँदै आयोजना प्रमुख कँडेल र पूर्वाधार विज्ञ भट्टराईले आफूखुसी ठेकेदार छनोट गर्दै आयोजनामा पठाउन थालेको मेलम्ची साइट कार्यालयका एक अधिकारीले अन्नपूर्णलाई बताएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।