५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध डेभिड वार्नरको शतक



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाका डेभिड वार्नरले बंगलादेशविरुद्ध शतक बनाएका छन् ।

इंग्ल्यान्ड ट्रेंट ब्रिज, नॉटिंघममा टस जितेर ब्याटिङ गरेका अष्ट्रेलियाका ओपनर वार्नर र कप्तान आरोन फिन्चले १२१ रनको साझेदारी गरे । लगतै फिन्च ५३ रनमा आउट भए । उनले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गरेका थिए ।

वार्नरले उस्मान खावजासँग शतकीय साझेदारी गरेका हुन् । वार्नरले ३३.३ ओभरमा एक रन लिदै शतक पुरागरेका हुन् ।

बंगलादेश र अस्ट्रेलियाले जारी विश्वकपमा छैटौं खेल खेल्दैछन् । यसअघि पाँच खेलमा चार जित र एक हार खेपेको अस्ट्रेलिया तालिकाको दोस्रो स्थानमा छ । दुई जित, दुई हार र एक खेल अनिर्णित नतिजा निकालेको बंगलादेश पाँच अंक सहित पाँचौं स्थानमा छ ।

बंगलादेशले दक्षिण अफ्रिका र वेष्ट इन्डिजसँग जित निकाल्दा न्युजिल्यान्ड र इंग्ल्यान्डसँग भने हार ब्यहोरेको छ । यता, अफगानिस्तान, वेष्ट इन्डिज, श्रीलंका र पाकिस्तानलाई पराजित गरेको अष्ट्रेलिया भारतसँग भने हारेको थियो ।

पाँच पटक विश्वकपको उपाधि जितेको अस्ट्रेलिया निकै बलियो र शसक्त टोली हो । बंगलादेशले अहिलेसम्म क्वार्टरफाइनलभन्दा माथि जान सकेको छैन । अस्ट्रेलियाले पहिलो संस्करणदेखि विश्वकप खेलिरहेको छ । बंगलादेशको यो छैटौं सहभागिता हो । यी दुई टोलीबीच विश्वकपमा यसअघि भएको भिडन्तमा अस्ट्रेलिया बलियो देखिएको छ ।

यी दुई टोली विश्वकपमा तीन पटक भिडेका छन् । जसमा दुई खेलमा अस्ट्रेलियाले जितेको छ । एक खेल हारेको छ ।

अष्ट्रेलिया टिम

आरोन फिन्च (कप्तान), स्टिभन स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्श्वेल, जासन बेहरेन्डोरफ, नाथन कउल्टर नाइल, उस्मान खावजा, साउन मार्स, केन रिचार्डसन, मिचेल स्टार्क, एलेक्स क्यारी, पट कुम्मिन्स, नाथन लियोन, मार्कुस स्टोइनिस र एडम जाम्पा ।

बंगलादेश टिम

मश्रफे मोरटजा (कप्तान), अबु जायद, लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन, मोहम्मद मिथुन, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्फिक्यर रहिम, मुस्ताफिजुर रहमान, रुबेल हुसेन, सबिर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल ।