५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार सबै विदेशी मुद्राको भाउ घट्यो



अ+ अ-

काठमाडौं । आज बिहीबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसा तोकेको छ । बुधबार डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा थियो ।

यस्तै बिहीबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसा छ ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा छ ।

बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६४ पैसा र बिक्रीदर २६ रुपैयाँ ७९ पैसा छ । आज कोरियन वनको भाउ भने केही बढेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा छ ।

यता कुवेती दिनार १ को खरिददर ३६५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ६९ पैसा छ ।यस्तै बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ०३ पैसा र बिक्रीदर २९६ रुपैयाँ ६३ पैसा छ ।