५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

किशोरीलाई जबर्जस्ती गर्न खोज्ने पक्राउ



अ+ अ-

हेटौडा । मकवानपुरको भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान पक्रिया अगाडि बढाएको छ । पीडित परिवारका अनुसार सोमबार राति करीब ११ बजेतिर मादक पदार्थ सेवन गरी ३२ वर्षीय नवीन स्याङतानले जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए ।

परिवारसहित घरमा सुतिरहेको अवस्थामा स्याङतान त्यहाँ पुगेका थिए । आरोपित स्याङतानले जबर्जस्ती गर्न खोजेपछि १५ वर्षीय किशोरीले हल्ला गरेकी थिइन् । त्यसपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि आरोपित स्याङतालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका स्याङतानलाई भीमफेदी प्रहरी चौकीबाट जिल्ला प्रहरी कार्यलय हेटौँडामा आवश्यक कारवाहीका लागि पठाइएको छ । यसैबीच माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले पनि सो घटनाको प्रकृतिअनुसार स्याङतानलाई कडा कारवाही हुनुपर्ने माग गर्नुभएको छ ।