५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीको बिरोधका कारण हायात होटलको सम्पूर्ण सेवा बन्द



अ+ अ-

काठमाडौं । कर्मचारीको सेवा सुबिधा कटौती गरिएको बिरोधका कारण पाँचतारे हायात होटलको सम्पूर्ण सेवा बन्द गरेको छ । सेवा सुविधाको माग गर्दै कर्मचारीले हडताल गरेपछि पाँचतारे हायात होटल बन्द भएको हो ।

अत्यावश्यक सेवा सञ्चालन ऐनअनुसार होटल हडताल निषेधित क्षेत्र भएको उल्लेख गर्दै हायातले मजदुरको हडतालका कारण बन्द गर्नुपरेको जनाएको छ ।

सेवा सुबिधा कटौती गरिएको बिरोधमा कर्मचारीले आन्दोलन थालेपछि होटलका पाहुनाहरुलाई त्यहाँबाट स्थानान्तरण गरिएको छ । होटल व्यवस्थापनले भने सुरक्षाको कारण पर्यटक व्यवस्थापनमा असहज भएकाले पाहुनालाई बाध्य भएर अन्यत्र सार्नुपरेको जनाएको छ ।

कर्मचारीले माफी नमागेसम्म होटलको सेवा सुचारु नहुने होटल व्यवस्थापनले अडान लिएको छ भने कर्मचारीले होटल व्यवस्थापनबाट आफूहरुमाथि गैरमानवीय व्यवहार भएको आरोप लगाउदै आएका छन् ।