२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपिको समाजवादलाई एक हल गोरु, एउटा दुहुनो गाई र एउटा झुपडीमा सीमित गरेर हुदैन : कार्की



अ+ अ-

नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति तथा नेपाली काँग्रेसका महासमिति सदस्य विरेन्द्र सिंह कार्की जसलाई नेपाली काँग्रेस केन्द्रिय निति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा डेनमार्कमा हुनगैरहेको नेपाली जनसम्पर्क समितिहरुको विश्व भेला एवं प्रशिक्षण कार्यक्रमको संयोजन एव व्यबस्थापनको प्रमुख जिम्वेवारी पार्टीले दिएको छ। हाल सालै Aalborg University, Denmark  बाट
Tourism Policy & Planning  मा स्नातकोत्तर अध्ययन पुरा गरेका विरेन्द्र सिंह कार्की सँग डेनमार्कमा आयोजना हुनगैरहेको नेपाली जनसम्पर्क समितिहरुको विश्व स्तरिय भेला एवम् प्रशिक्षण कार्यक्रमको तयारी र उद्धेश्यको वारेमा लिईएको अन्तर्वार्ता :

डेनमार्कमा हुन लागेको कार्यक्रमको मुल उद्धेश्य के हो बताई दिनुहोस न।साथै डेनमार्क मै किन ?
नेपाली काँग्रेस केन्द्रिय निति अनुशन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोनजना एवम् नेपाली जनसम्पर्क समिति, डेनमार्कको संयोजन तथा व्यवस्थापनमा यही जुन २१, २२ र २३ मा आयोजना हुनगैरहेको नेपाली जनसम्पर्क समितिहरुको विश्व स्तरिय भेला एवम् प्रशिक्षण कार्यक्रमको मुल उद्धेश्य विदेशमा रहेर पनि राष्ट्र, राष्ट्रियता प्रति बफादार कार्यकर्ताहरु जसका माध्यमबाट राष्ट्रको हरेक परिवर्तनको नेतृत्व गरेको देशकै ठुलो र पुरानो पार्टी नेपाली काँग्रेस जसले प्रजातान्त्रिक समाजवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त मान्दछ यसर्थ स्क्याडिनेभियन क्षेत्रमा रहेको समाजवादी राष्ट्र डेनमार्क जसले प्रजातान्त्रिक समाजवादको कसरी सफल प्रयोग गरेका छ त यसै विषयमा गहन छलफल गरी नेपाली काँग्रेस पार्टीलाई व्यावहारिक रुपमै प्रजातान्त्रिक समाजवादी पार्टीका रुपमा कसरी अगाडी लिएर गई हाम्रो देश जहाँ आर्थिक, सामाजिक रुपमा विपन्न र पिछाडिएका जनताको जिवन स्तरलाई माथी उठाई देशलाई समृद्धिको दिशामा कसरी अगाडी बढाउन सकिन्छ यो नै कार्यक्रमको मुल उधेश्य रहेको छ।

कार्यक्रममा मुख्य गरी कुन कुन विषयमा छलफल हुन्छ ?

यस कार्यक्रममा समाजवादी राष्ट्रहरुको डेमोक्रेटिक कल्चरबारे आइडिया सेयर गर्ने, नेपालमा भएको परिवर्तनलाई विदेशमा भएका नेपालीले कसरी लिएका छन् र नेपालको शान्ति, समृद्धिमा उनीहरूले कसरी योगदान गर्न सक्छन, वदलिदो विश्व राजनिति एवम् नेपालको वर्तमान अवस्था, नयिदब धबचmष्लन र नेपालमा परेको त्यसको असर, नेपाली जनसम्पर्क समितिहरु विचको अन्तर सम्वन्ध, नेपालको विकासमा विदेशमा वस्ने नेपालीहरुले पुर्याउन सक्ने योगदान, विदेशमा बस्ने नेपालीहरुले कसरी आफ्नो मताधिकारको आवाजलाई अगाडी वढाई दवाव श्रृजना गर्न सकिन्छरु खस्किदो अवस्थमा रहेको विदेशमा वस्ने नेपालीहरुकको साझा संस्था एनआरएनलाई माथी उठाउन जनसम्पर्क समितिले कस्तो भुमिका खेल्न सक्छरु नेपाली काँग्रेसको महासमिति बैठकवाट पारित समावेशी विधान जस्ता महत्वपुर्ण विषयहरुमा छलफल गरिने छ।

कार्यक्रमको तयारीका विषयमा केही बताई दिनुहोस न।

कार्यक्रमको तयारी करीब करीब अन्तिम चरणमा पुर्याएका छौ। कोपहेगनको भेस्टरपोर्टमा अबस्थित रिचमण्ड होटलको सेमिनार हलमा कार्यक्रम ३ दिन नै हुनेछ। अतिथीहरुलाई कार्यक्रम आयोजना हुने होटलमानै बस्ने व्यवस्था गरिएको छ। कार्यक्रम व्यावस्थापनको सहजताका लागि जनसम्पर्क समिति, डेनमार्कका वर्तमान सभापतिको संयोजकत्वमा, पुर्वसभापतिहरु र वर्तमान महामन्त्रीहरु संमिलित तयारी समितिका साथै विभिन्न २० उपसमितिहरु निर्माण गर्नुका साथै सबै उपसमितिहरुले आआफ्ना जिम्वेवारीहरुलाई तिव्र रुपमा अगाडी वढाएका छन।

तपाईको विचारमा समाजवाद र समाजवादी विचारधाराको महत्व कस्तो छ जस्तो लाग्दछ ?

विश्वमा १७-१८ शताब्दी तिर दुई किसिमका बैचारिक धारहरुको उदय भयो। एउटा धार जसले उदार लोकतन्न्त्रको पक्षपाति रुपमा आफुलाई उभ्याए जस्तो कि वेलायत, फ्रान्स, अमेरिका जसले पुँजिवादी धारलाई अगाले भने अर्को तर्फ रुस, पुर्वि युरोप, जर्मन लगायतका देशहरुले कम्न्युष्ट धार अगाले। यि दुबै धारहरुले आफुलाई एक अर्काको विकल्पको रुपमा प्रस्तुत गरे। तर विश्व राजनितिमा यी दुबै धारले मानव बिकासको क्रमलाई निरन्तरता दिन सकेनन। नत साम्यवादी विचारधारा बोकेर हिडेका कम्न्युष्टहरु साम्यवादी चरित्रमै रहन सके नत उदार लोकतन्त्रका पक्षपातिहरु उदार रुपमै रहन सके। यसर्थ कम्न्युष्ट विचार धाराबाट मात्रै मानव विकास क्रम अगाडी बढदैन भन्ने कुरा स्वभियत संघको विघटन , पुर्वि युरोपको कम्न्युष्ट शासनको अन्त्य र पछिल्लो २र३ दशकमा चिनको परिवर्तित उदारवादी अर्थ नितिबाट पनि प्रष्ट हुन्छ।साथै उदार लोकतन्त्रका हिमायती बेलायत युरोपियन युनियनबाट बाहिरिनु, अमेरिकी बोर्डरमा कडाई गर्दै लानु, शरणार्थीहरु माथि कडाई गरिनु जस्ता व्यावहारहरुले उदार लोकतन्त्रको चरित्रलाई कदापि पनि समर्थ गरेको जस्तो देखिदैन।

विश्वमा हाल मुख्यगरि ३ किसिमका बैचारिक धारहरु पुँजिबाद, समाजवाद र कम्न्युष्ट विचारधाराका माध्मयबाट बैचारिक एवं नितिगत रुपमा राज्य व्यवस्था सञ्चालनमा छन। अमेरीका, बेलायत जस्ता राष्ट्रले पुँजिवादी धारको नेतृत्व गरेका छन भने चाईनाले कम्न्युष्ट धारको नेतृत्व गरेको छ साथै स्काण्डेनभिएन राष्ट्रहरु डेनमार्क, फिनल्याण्ड, नर्वे र स्विडेनले समाजवादी धारको नेतृत्व गरेका छन।पुँजीवादी विचारधाराले व्यक्तिको निजि सम्पति राख्न पाउने अधिकारलाई पक्षपोषण गर्दछ।व्यक्तिको हक र अधिकारलाई राज्यले सुरक्षाको ग्यारेन्टी गर्नु पर्दछ भन्दछ। साथै पुँजीवादले व्यक्तिगत सम्पतिलाई र व्यक्तिगत स्वतन्त्रतालाई बढी महत्व दिन्छ।साम्यवादी विचारधाराले व्यक्ति, व्यक्तिगत स्वतन्त्रता र व्यक्तिगत सम्पति महत्वपुर्ण होईन भन्छ ।व्यक्तिगत सम्पतिलाई राज्यले नियन्त्रण गर्दै राष्ट्रियकरण गरि सबैले समान रुपमा बाँच्न पाँउनु पर्छ, सामुहिकता मुख्य हो, धनि र गरिब बिच बिभेद हुनु हुन्न भन्ने मान्यताको पक्ष पोषण गर्दछ। भने समाजवादी विचारधाराले समानता र स्वतन्त्रता एउटै रथका दुई पांग्रा हुन यसलाई एक अर्काको विकल्पको रुपमा लिन हुँदैन, समानता र स्वतन्त्रतालाई मिलाएर राज्यको सामाजिक चरित्रलाई निर्माण गर्नु पर्दछ भन्ने मान्यता राख्दछ। समाजबादले व्यक्ति, समाज र राज्यले जान सक्ने अधिकार क्षेत्रको स्पष्ट व्याख्या गर्नु पर्दछ भन्ने मान्यता राख्दछ।समाजबादले व्यक्तिको हक अधिकार र व्यक्तिगत स्वतन्त्रतालाई राज्यले रक्षा गर्दै शिक्षा, स्वास्थ, पुर्वाधार बिकास, सामाजिक सुरक्षा, राज्यको सुरक्षा र महत्वपुर्ण लगानि जस्ता महत्वपुर्ण क्षेत्रहरु पुर्ण रुपमा राज्यको नियन्त्रणमा हुनु पर्दछ भन्ने मान्यता राख्दछ।अब यि ३ विचाधारालाई अगाल्ने राष्ट्रहरुको समानता अबस्था, स्वतन्त्रता, लोकतन्त्र, गरिब र धनि बिचको दुरी, भष्ट्रचारको अबस्था, सामाजिक सुरक्षा जस्ता महत्वपुर्ण कुराहरुको अबस्थालाई बिष्लेषण गरेर त्यसको आधारमा कुन विचाधारको माध्यमबाट मानव बिकासलाई जिवन्तता दिन सकिन्छ भन्ने प्रष्ट हुन्छ।

बैचारिक आधारमा हेर्ने हो भने पुँजिवादी र साम्यवादी राष्ट्रहरुले आफुलाई पुर्ण रुपमा पुँजिवादी र पुर्णरुपमा साम्यवादी विचार धाराको आधारमा अगाडी बढाउन सकेका छैनन। एकातर्फ आफुलाई पुर्ण रुपमा पुँजिवादी कहलाउने अमेरिकाले त्याँहाको स्वास्थ्य, शिक्षा, सामाजक सुरक्षा, पुर्वाधार विकास जस्ता कुराहरुलाई राज्य द्वारा नियन्त्रित गरको छ भने सामुहिमकतामा जोड दिने चिनले व्यक्तिगत सम्पति राख्न पाउने अधिकार सहितको उदार अर्थ नितिलाई अगालि सकेको अबस्था छ साथै यि दुबै राष्ट्रमा गरिब र धनि बिचको खाँडलको दर बढ्दो छ। भने अर्को तर्फ समाजवादी विचारधारालाई अगाल्ने स्क्याण्डनेभियन राष्ट्रहरुले जनताको व्यक्तिगत स्वतन्त्रता, सामाजिक सुरक्षा, स्वास्थ्यमा समान पहुँच, शिक्षामा जनताको समान पहुँचको राज्यले ग्यारेण्टी गरेको छ। साथै यि स्क्याण्डनेभियन क्षेत्रका समाजवादी राष्ट्रहरुमा भ्रष्टचार करिब शुन्य अबस्थामा हुनु, गरिब र धनि बिचमा खासै त्यस्तो अन्तर नहुनु, अन्य देशको तुलनामा यहाँका जनताहरु बिश्वकै खुसी र सुखी मान्छेको रुपमा मानव बिकास सुचांकमा सुचिकृत रहनुले पनि समाजवादी विचारधाराले व्यक्तिको स्वतन्त्रता र समानतालाई सन्तुलित रुपमा मिलाएर लान सक्छ भन्ने कुरा समाजबादलाई आफ्नो आदर्श मान्ने नेपाली काँग्रेसले गहिरिएर बुझ्न जरुरी छ। जसका विषयमा यस कार्यक्रमा गहण छलफल हुन्छ।

विपिको प्रजातान्त्रिक समाजवाद र नेपाली काँग्रेस पार्टीले यसलाई कसरी व्यावहारिक रुपमा प्रयोग गरेको छ जस्तो लाग्दछ ?

जननायक बीपी कोईरालाद्वारा ईस्बी संवत २०१२ मा नेपाली काँग्रेसको विरगञ्ज महाधिवेशनबाट राष्ट्रियता , प्रजातान्त्र र समाजवादलाई पारित गराई पार्टी बिधानमा लिपिवद्व जुन उद्धेश्यले गर्नु भएको थियो त्यसै मर्म अनुरुप व्याख्या गर्दै त्यसलाई सहि तरिकाले कार्यान्वयन गर्न सकेको भए आज पार्टी र राष्ट्रको हालत अबश्य पनि आजको अबस्थामा हुने थिएन।र अझै पनि आफ्नो नितिगत स्पष्टतामा आधारित भएर नेपाली काँग्रेस अगाडी बढन सक्यो भने भोलिका दिनमा देशको नेतृत्व गरि देशलाई संबृद्धीको बाटो तर्फ अगाडि बढाउन धेरै समय अवश्य पनि लाग्दैन।तर राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आदर्श मान्ने नेपाली काँग्रेसले सरकारमा छँदा जनताको दैनिक आवश्यक्ता सँग जोडिएका गाँस, बास र कपासलाई समाजवादी समानताको सिद्धान्तको आधारमा ग्यारेन्टी नगरी खुल्ला बजार अर्थतन्त्रलाई प्रसय दिदाँ निजिकरणका नाममा भएभरका उधोग, धन्दा, कलकारखाना नष्ट भए जसको कारण गरिबी र वेरोजगारीले आक्रान्त युवा जनशक्ति रोजि रोटीका लागि विदेशिन बाध्य भए।स्वास्थ्य क्षेत्रमा निजिकरण भयो ठुल-ठुला हस्पिटल खुले तर स्वास्थ्य क्षेत्रमा ति दुरदराजका गरिब जनताले पहुँच पाउन सकेनन।शिक्षा क्षेत्रमा निजिकरण भयो धरै निजि स्कुलहरु खुले तर हिजो देखिको खस्किदो स्तरको सरकारी स्कुलमा बाहेक शिक्षामा गरिब जनताको पहुँच पुग्न सकेन।

समाजवादी अर्थनिति लागु गर्नको सट्टा खुलाबजार अर्थनितिलाई अगाल्दा राष्ट्र आत्मनिर्भर हुनुको सट्टा परनिर्भर हुनपुग्यो। भारतको एकात्मक बजारले प्रशय पायो। यसकारण नेपाली काँग्रेस सँग सम्वन्धित अर्थ विज्ञ जसले हिजोका दिनमा निति निर्माण संलग्न थिए उनिहरुले गम्भिर आत्मा समिक्षा सहित आत्माआलोचना गरेर हिजोका दिनमा भए गरेका कमजोरी स्विकार्न सक्नु पर्दछ । बीपीको समाजवादले गरिव जनतामा आधारित निति हुनुपर्दछ भन्छ तर खुल्ला बजार अर्थ नितिले राष्ट्रका सिमित पुजिपति वर्गलाई मात्र फाईदा भयो। राज्यको साधन स्रोत सीमित व्यक्तिको हातमा मात्रै पर्न जाँदा नेपालको व्याप्त गरीबीलाई घटाउन सार्थक प्रयास समेत हुन नसकेको पाइएको छ।समाजवादले गरिव र धनि बिचको खाडललाई पुर्ने काम गर्छ तर यो गरिब र धनि बिचको असमानताको खाडल अझ फराकिलो बन्न पुग्यो।जसको परिणाम सिमित धनी व्यक्तिहरु असाध्यै धनी बन्दै गए र उनिहरुको निति निर्माणमा प्रभाव वढदै गयो भने मध्यमवर्ग पनि गरीबीको दिशा तर्फ धकेलिई बिदेशिन बाध्य भए भने गरिब झन झन गरीब बन्दै जाने प्रवृत्ति व्याप्त रुपम बढ्दै गएको तितो यथार्थ नेपालीहरुले भोग्नु परेको छ जो हाम्रा सामु छर्लङ्ग छ।यसका साथै राज्यले कतिपय महत्वपुर्ण कुराहरुमा नियन्त्रण गर्न नसक्दा समाज र व्यक्तिको राज्य प्रतिको दायित्व बोध कम हुन जादाँ व्यक्तिलाई निजि सम्पति माथिको मोह आवश्यकता भन्दा बढी हुन गयो। जसले नेपालको कुनै पनि क्षेत्र र निकाय भ्रष्टाचारबाट अछुतो रहन सकेनन जुन कुरा ४६ साल पछि नेपाली जनताले भोगेको तितो यथार्थ हो।

प्रजातान्त्रिक समाजवादको उद्देश्य सत्ता प्राप्ति र सत्ता परिवर्तन मात्र नभई जनताको जिवनस्तरलाई बदलि र युग अनुसारको संबृद्व समाज निर्माण गर्नु पनि हो । राज्यको संरचनात्मक स्वरूप बदलेर मात्र पर्याप्त हुदैन राज्यको आर्थिक र सामाजिक चरित्र बदल्नु पनि सक्नु पनि हो ।बिपी कोइरालाले समाजवादको व्याख्या आफ्नो समयमा जसरी गर्नुभएको थियो। उहाँले त्यतिबेलाको नेपाली समाजको यथार्त चित्रण गर्नु भएको थियो। त्यो अवस्थाको नेपाली समाज र परिवेश अहिले छैन।हामीले समाजवादको व्याख्यालाई बिपी कोइरालाले जसरी गर्नुभएको थियो, त्यसमै सीमित गरेका छौं। समाजका मुद्दाहरु झल्किने गरि हामीले समाजवादमा आधारित भएर एजेन्डा बनाउन सकिरहेका छैनौं । साथै हामीले विपिको समाजबादलाई एक हल गोरु, एउटा दुहुनो गाई र एउटा झुपडीमा सीमित गरेर हुदैन समय अनुकुल व्याख्या गर्दै राष्ट्रको हर क्षेत्रमा गरिवको पहुँच पुग्ने समाजवादी अर्थ नितिको या कुनै वैकल्पिक अर्थ नितिका विषयमा नेपाली काँग्रेसले हिजोका नितिगत कमजोरीको आत्माआलोचना सहित गम्भिर छलफल गरेर समाजवादको सिद्धान्त अनुरुपको व्यावहारिक निति निर्माण गर्नु आजको आवश्यक्ता भई सकेको छ यसमा अब नेपाली काँग्रेस कुनै हालतमा चुक्नु हुदैन भन्ने हाम्रो मान्यता रहेको छ।नेपाल जसरी सगरमाथको देश, बुद्वको देश भनेर चिनिएको छ त्यसका अलावा नेपाली काँग्रेसले नेपाललाई विपी कोईरालाको प्रजातान्त्रिक समाजवदी राष्ट्रको रुपमा चिनाउनलाई पनि हामी विपिको समाजवादलाई कसरी व्यावहारी रुपमै लागु गर्न सकिन्छ भन्ने विषयमा दरिलो रुपमा गहन छलफल गर्नेछौ।

गत डिसेम्बरमा भएको महासमिति बैठकमा भएको बैचारिक छलफलका वारेमा तपाईको धारणा के छ ?
नेपाली काँग्रेसले गत महासमिति बैठकबाट पार्टीले जुन किसिमले पार्टीको बिधानका अलावा पार्टीको भावि राजनैतिक एवं आर्थिक निति सम्बन्धि कार्यदिशा कस्तो हुने भन्ने बिषयमा व्यापक छलफल र बहस हुनु पर्ने थियो त्यो नहुन दुखद हो।२०४६ साल पछि पार्टीले गरेका राम्रा र नराम्रा गतिविधिहरुको गंभिर समिक्षा गर्ने सुनौल अबसर थियो यो महासमिति बैठक तर त्यसो हुन सकेन। पार्टी शिर्ष नेतृत्वहरु बिचमा कुरा मिल्दा सबै बिधिवत हुने तर मतभेद हुदाँ विधानका प्रत्येक खेस्रा केलाएर आफु अनुकुल व्याख्या बिश्लेषण गर्ने र कार्यकर्तालाई त्यैस अनुसार पक्ष विपक्षमा बाँडिन वाध्य पार्ने प्रवृत्ति व्याप्त छ जुन प्रवृत्ति यो महासमिति बैठकमा पनि देखियो। तर पनि कांग्रेसको विधान समाबेशी चरित्रको बन्नु, संविधानमै व्यवस्था गरिएको प्रावधान अनुसार नै महिलालाई ३३ प्रतिशत स्थान सुरक्षित गर्नु, आठ वटै कलष्टरबाट एक-एक सहमहामन्त्रीको व्यवस्था हुनु, सबै पदाधिकारीहरु निर्वाचित भएर आउने व्यवस्था हुनु सकारात्मक रुपमा लिन सकिन्छ।

एकातर्फ हाम्रो देशको अर्थतन्त्र निकै जर्जर भैसकेको स्थिति छ भने अर्को तर्फ चरम गरिबि र बेरोजगारीले देशलाई गाँजेको छ। पछिल्लो तथ्याङ्क हेर्ने हो भने नेपालको कुल जनसंख्याको २५.२ प्रतिशत जनसंख्या चरम गरिबमा बाच्न बाध्य छन जसले दैनिक २०० रुपैया भन्दा थोरै आम्दानिको भरमा गुजारा चलाउन बाध्य छन।व्याप्त गरिबि र बेरोजगारलाई अन्त्य कसरी गर्न सकिन्छ भनेर महासमितिको बैठकमा छलफल नहुनु साथै युवा नेत्तृत्वहरुले संवृद्ध नेपाल बनाउने आधार सहितको छुट्टै बैकल्पिक नितिगत दस्तावेज लिएर महासमिति बैठकममा प्रस्तुत हुन नसक्नु दुखद पक्ष रुपमा लिनै पर्ने हुन्छ । बर्षौको अथक प्रयासका बाबजुद मुलुकले प्राप्त गरेका राजनीतिक उपलब्धीलाई सरकारले शसक्त ढंगबाट कार्यान्वयन गर्न सकेको छैन त्यसबारे महासमितिमा जुन किसिमले छलफल हुनुपर्थ्यो त्यो हुन सकेन। महासमितिको ध्यान विधानका विषयमा लामो समय सम्म केन्द्रित हुनाले छलफल गर्नु पर्ने अन्य महत्वपुर्ण कुराहरु छुटेका छन् यस कारण पनि पार्टी निति निर्माण हामी जनसम्पर्क समितिले खेल्न सक्ने भुमिकाका विषयमा छलफल गर्नेछौ।

नेपाली काँग्रेसमा युवा नेतृत्वहरुको भुमिकाका बारेमा तपाईको धारणा के छ ?

२०४६ मा प्रजातन्त्र प्राप्ति सँगै नेपाली काँग्रेसले सरकार सञ्चालनको लागि स्पष्ट बहुमत प्राप्त गरी सरकार गठन गर्दा करिब करिब ७५५ युवाहरु मन्त्रिमण्डलमा सामेल थिए। अहिलेका कतिपय शिर्ष नेताहरु जो ३५ बर्ष देखि ४५ बर्षको जोशिलो युवा अवस्थामा मन्त्री मण्डलमा सामेल थिए। तर पनि किन नेपाली काँग्रेसले सोचे जस्तो देशलाई आर्थिक संवृद्वीको दिशामा अगाडी बढाउन सकेनन त यस विषयमा गंभिर समिक्षा सहित आजका युवा नेताहरु अगाडि वढनु जरुरी छ।उमेरको आधारमा युवाहरुमा मात्रै नेतृत्व गर्ने क्षमता हुन्छ भन्दै गर्दा एडेन आडवरले ७५ बर्षको उमेरमा तत्कालिन जर्मनीको नवनिर्माणको नेतृत्व गरेका थिए।आधुनिक मलेशियाका निर्माणकर्ता महाथिर मोहमदले ५६ बर्षको उमेरबाट लगातार २२ बर्ष सम्म मलेशियाको नवनिर्माणको नेतृत्व समालेका थिए साथै ९३ बर्षको उमेरमा पुन फेरी देशको नेतृत्व सम्हालिरहेका छन।

यसकारण युवा उमेरले हुदैन, युवा भनेको मष्तिक र उसको भावनाले हुन्छ भन्ने कुरामा समस्त युवा नेतृत्व वर्गले हेक्का राख्न जरुरी छ।हो युवा नेतृत्व वर्गमा जोश,जाँगर र दैनिक क्रियाशिलता गर्ने क्षमता बढी हुन्छ जसको शक्तिले नेपालमा आन्दोलनका माध्यमबाट ठुला ठुला परिवर्तन भए।अव नेपालमा युवा नेतृत्वको आवश्यक्ता आन्दोलनका लागि तयार रहन मात्र हैन कि देशलाई समय अनुकुल आर्थिक विकासको नेतृत्व लिएर जानलाई छ।तर चिन्ताको बिषय देशलाई संवृद्धीको दिशामा कसरी लिएर जान सकिन्छ भन्ने कुरामा व्यापक अध्ययन, चिन्तन, छलफल र वहसका माध्यमबाट देश बिकासको स्पष्ट निति, नेतृत्व र कार्ययोजना बनाउन तर्फ कुनै पनि राजनैतिक पार्टीका युवा नेतृत्व वर्ग अगाडी आएको देखिदैन। स्पष्ट विचारधाराको माध्यबाट धारणा निर्माण हु्न्छ, स्पष्ट धारणाका माध्यमबाट एजेण्डा निर्माण हुन्छ। एजेण्डा विहिन राजनितिले नत राष्ट्रले आर्थिक रुपमा फड्को मार्न सक्छ नत निम्न वर्गका जनताको जिवनस्तर कुनै परिवर्तनको आभाषनै दिलाउन सकिन्छ।स्पष्ट विचार र एजेण्डा विहिन नेपाली राजनितिको अन्तिम गन्तव्य सत्तासंघर्ष हुनु र सत्तामा जाँदा जनमुखी स्पष्ट एजेण्डा र कार्यदिशा नहुँदा परिणाम मुखी काम हुन नसक्नु दुखद पाटो हो।एकातिर विगत ५० बर्ष देखि पञ्चायत, काँग्रेस, कम्न्युष्टका सरकारले बनाएको अर्थ नितिमा खासै फरक देखिदैन साथै प्राकृतिक साधन र स्रोतले धनि भएर पनि अस्पष्ट निति र फितलो कार्ययोजनाले देशको अर्थतन्त्र कमजोर भएको जगजाहेरै छ भने अर्को तर्फ वैकल्पिक अर्थ नितिका बिषयमा समस्त युवा नेतृत्व वर्गमा जुन तबरले बहस र छलफल भैसक्नु पर्ने थियो त्यो भएन।
त्यसकारण उमेरले युवा नेतृत्व हुने भन्दा पनि विचार, चिन्तन, स्पष्ट निति र कार्ययोजना सहितको युवा नेता हुन नेपाली काँग्रेसका युवा नेतृत्वहरुले अब कुनै हालतमा चुक्नु हुदैन।

पार्टीको निति, निर्माणमा सहयोगी हुने विभिन्न बिभागहरु छन यसका बारेमा केही भन्न चाहनु हुन्छ ?

नेपाली काँग्रेस पार्टीमा ३५-४० वटा विभागहरु छन तर यि बिभागहरुले पार्टीको निति निर्माण गर्नेकाममा सहयोगि हुन सकेका छैनन। । पार्टी केन्द्रिय कार्यालयको एउटा फ्लोर खालि गरेर पार्टीले भोलिका दिनमा देशको संवृद्धीको खाका कोर्न सक्ने Research, Innovation, Strategy develop, policy making & digitization सम्बन्धि केन्द्रिय निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको मातहतमा रहने गरी एउटा छुट्टै खडागरी स्वदेश तथा विदेशमा अध्ययन गरेर विभिन्न बिषयमा बिज्ञता हासिल गरेका युवाहरुलाई समेटेर विभिन्न अध्ययन, अनुसन्धान, सेमिनार आदि गरेर देशलाई समृद्ध बनाउने खालको, आत्मनिर्भर हुने खालको, रोजगारी अबसर सिर्जना गर्ने खालको, बढदो बेरोजगारी अन्त्य गर्ने खालको, परनिर्भरताको अन्त्य गरि राष्ट्रलाई कसरी आत्मानिर्भर बनाउने खालको यिनै बिषयलाई समेटेर रिसर्र्चमा आधारित भएर पार्टीको स्पष्ट निति बनाउनु आबश्यक छ। उदाहरणको लागि कृषि निति, पर्यटन निति, स्वास्थ्य निति, शिक्षा निति, आधुनिक कर प्रणाली, सामाजिक सुरक्षा निति, औधोगिक नीति ,व्यवस्थित शहरिकरण सम्बन्धि निति, पुर्वाधार विकास, समग्र अर्थ निति, परराष्ट्र निति आदि स्पष्ट नितिहरु वनाएर ति नितिहरुलाई कार्यान्वयन गर्न सक्ने कार्ययोजना वनाउन जरुरी छ।चुनाब हुनु भन्दा १ महिना पहिले सिमित नेताहरु बसेर बनाएको बुलेट पोईन्टमा आधारित घोषणा पत्रले अब देशलाई आर्थिक संवृद्धीको दिशातर्फ अगाडी बढनाउन गार्हो हुन्छ भन्ने कुरामा पार्टी स्पष्ट हुन जरुरी भैसकेको छ।

स्पष्ट निति र कार्ययोजना बनाएर प्रशिक्षित कार्यकर्ता मार्फत जनताका घर दैलोमा गएर नेपाली काँग्रेसले अफ्ना एजेण्टालाई स्पष्ट पार्न सक्यो भने देशकै विभिन्न कालखण्डका महत्वपुर्ण परिवर्तनको नेतृत्व गरेको पुरानो प्रजातान्त्रिक पार्टी जनविश्वास फेरी पनि अबश्य फर्केर आउने अबसर छ।साथै सरकार सञ्चालनको अवसर प्राप्त भएको अबस्थामा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रिहरुका हातमा सम्बन्धित मन्त्रालय अन्तर्गत पार्टीले बनाएका स्पष्ट निति र त्यसको कार्ययोजना सहित सरकारमा पठाएको खण्डमा अवश्य पनि राम्रो काम हुन सक्दछ।सरकारमा पठाईएका मन्त्रीहरु योजना बिहिन भएर कुईरोमा हराएको काग जस्तो हुनु पर्दैन साथै स्पष्ट निति र कार्ययोजनाको साथ सरकारमा जादा कर्मचारी माथि पनि फरक दवाव श्रृजना हुन्छ।यस कुरामा पार्टी नेतृत्वको ध्यान जानु आबश्यक छ।

हालसम्म नेपालका कुनै राजनैतिक शक्तिले देशलाई २१ औ शताब्दी अनुकुलको नितिगत स्पष्टतामा आधारित निति र कार्ययोजना वनाउन सकेका छैनन।करिब दुई तिहाईको जनमत प्राप्त कम्न्युष्ट सरकारले देशलाई आर्थिक संवृद्धीको दिशातर्फ अगाडी बढनाउने प्रयाप्त अबसर हुँदाहुदै पनि हालसम्म केही गर्ने लक्ष्यण देखाउन सकेको छैन यसको मुलकारण नितिगत स्पष्टता नहुनुनै हो।

मोबाईल फोनको आगमन सँगै बिश्व वजारमा एकछत्र व्यापारिक राज गरेको नोकियाले समय अनुसार आफ्ना उत्पादनलाई परिवर्तन गर्न नसक्दा स्मार्ट फोनको आगमन सँगै आफ्ना उत्पादनलाई बजारमा टिकाउन नोकियालाई धेरै गार्हो मात्र परेन करिब करिब विस्थापित हुनपुग्यो।पाकिस्तानका पुराना राजनैतिक शक्तिले पाएका अबसरलाई जनहित अनुसार काम गर्न नसक्दा अथवा शैनिक शासकहरुले बेला बेलामा दिएको चुनौतिलाई समयमै आंकलन गर्न नसक्दा चामत्कारीक रुपमै छोटो समयमा ईमरान खान द्वारा नेतृत्व गरेको पाकिस्तान थेरिकई ईन्साफकोले सरकार सञ्चालनको अबसर प्राप्त गर्यो।यसले पाकिस्तानका पुराना राजनैतिक पार्टीलाई कि त सच्चिनु पर्ने या विगठननै गर्नु पर्ने अबस्थामा पुर्याएको छ। युगको माग र जनताको ढुकढुकी छाम्न नसक्ने पार्टी पतन हुन्छन र भएका पनि छन ।यसर्थ नोकिया हुनेकी स्मार्ट फोन हुने अथवा पाकिस्तानका पुराना राजनैतिक शक्ति जस्तै बिस्थापित हुने की यसलाई चिर्नलाई विगतको गम्भिर समिक्षा सहित अब नितिगत रुपमा स्पष्ट भएर अगि बढने भन्ने घडीमा नेपालका पुराना राजनैतिक पार्टीहरु उभिएका छन। यसर्थ नेपाली काँग्रेसले यो चुनौतिलाई अबसरको रुपमा लिन अब कुनै हालतमा चुक्नु हुदैन। निति निर्माणमा विदेशमा रहेर दक्षता प्राप्त गरेका विज्ञहरुलाई परिचाल कसरी गर्न सकिन्छ त यस विषयमा व्यापक छलफल गर्दछौ।

करीब ६० लाखको हाराहारीमा रहेका बिदेशमा बस्ने नेपालीहरुको नेपालका राजनैतिक पार्टीहरु प्रति कस्तो धारणा पाउनु भएको छ।
दक्षिण एसियाली राष्ट्र बाहेक विभिन्न पेशा, व्यावसाय, रोजगारी र अध्ययनका शिलशिलामा विदेशमा बस्ने नेपालीहरुको संख्या करिब करिब ७० लाख छ। यि बिदेशमा बस्ने सिपमुलक युवाहरुको क्षमतालाई नेपालका कुनैपनि राजनैतिक शक्तिले राम्रो सँग चिन्न सकेका छैनन। सर्बोच्च अदालतले बिदेशमा बस्ने नेपालीहरुको मतधिकारलाई सुनिश्चितता गरिसक्दा पनि नेपालका राजनैतिक शक्तिहरुले बिदेशमा बस्ने नेपालीहरुको स्वअधिकारको शुनिश्चितता गर्ने तर्फ मौन बसेको अवस्था छ। बाध्यात्मक रुपमा बिदेशिएका लाखौ नेपालीहरु राजनैतिक पार्टीहरुको मौनताका विषयमा चिन्तित एव चिडिएका अबश्य पनि छन।पछिल्लो डेढ दशक देखिको राष्ट्रको अर्थ तन्त्र यिनै विदेशमा बस्ने युवाहरुले पठाएको रेमिट्याण्स बाट धानिएको छ। यिनै युवाहरुले पठाएको रेमिट्याण्सले परिवारका दुईचार सदस्य पालिएका छन। राष्ट्रियता र माटो गन्धको महत्व स्वदेशमा वस्नेलाई भन्दा बिदेशमा बस्नेलाई हुदो रहेछ। एकातिर बिदेशमा तेस्रो दर्जाको नागरिक हुनु पर्दाको पिडा विदेशमा बस्ने प्रत्येक नेपाली भोगिरहेका छन भने अर्को तर्फ स्वदेशका राजनैतिक शक्तिले स्पष्ट निति लिएर देशलाई समय सापेक्ष आर्थिक संवृद्धीको गतिमा अगाडी वढाउन नसकेको प्रति चिन्तित छन। पुराना राजनैतिक शक्तिले जनमत प्रतिको जिम्वेवारी बोध गरेर देशलाई परिवर्तन गर्न सक्दैनन की भन्ने कुरामा विदेशमा वस्ने नेपालीहरुको शसंकित हुनेको संख्या बढदो छ।
एकातिर करिब दुईतिहाई जनमत प्राप्त कम्न्युष्ट सरकारले केही गर्न नसक्ने अर्को तर्फ नेपाली काँग्रेस स्पष्ट निति लिई एकजुट भएर नआउने हो र भोलिका दिनमा स्पष्ट निति, कार्ययोजना लिएर कुनै नयाँ बैकल्पिक शक्ति अगाडी आउदै गर्दा विदेशीएका नेपालीहरुको जनमत त्यतातिर जाने संभावनालाई नजरअन्दाज गर्न मिल्दैन।नेपालका राजनैतिक शक्तिहरुले विदेशिएका नेपालीहरुलाई संबन्धित देशबाटै मताधिकार गर्न पाउने अधिकारबाट त बञ्चित गर्न सक्लान विदेशीएका नेपालीले पठाएको रेमिट्याण्सले धानिएको लाखौको परिवारका प्रत्येक विदेशमा बस्ने सदस्यले परिबारका २र४ सदस्यलाई अवश्य पनि प्रभावमा पार्न सक्छन जसले स्वदेशको करोडौ मतलाई असर पार्न सक्छन।यसर्थ विदेशमा रहेका नेपालीहरुको राम्रो जनमत भएको नेपाली काँग्रेसले समयमै यो विषयमा बिशेष ध्यान दिन जरुरी छ।

पार्टी भित्र अनौपचारिक रुपमा प्रवेश पाएको हिन्दु धर्मको बहसका विषयमा तपाईको धारणा के छ ?

नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक सहितको धामिक सहिष्ण राष्ट्र हो भन्ने कुरामा दुईमत छैन्र महासमिति बैठकमा औपचारिक रुपमा हिन्दु धर्मको बिषयमा कुरा नउठे पनि नेपाली काँग्रेसको विधानमा हिन्दु राष्ट्र राख्नु पर्छ भन्नेको जमात ठुलै थियो। दोस्रो संविधान सभाबाट संविधान जारी गर्नु पुर्व नेपाललाई हिन्दु राष्ट्र राख्ने या धार्मिक स्वतन्त्रता या धर्म निरपेक्ष राष्ट्र वनाउने भन्ने बिषयमा व्यापक छलफल र बहस हुन जरुरी थियो। यदि त्यो समयमा नेपाललाई हिन्दु राष्ट्र कायम राखेर गएको भए पनि सबै जातजाति, भेष-भुषाले स्विकार्ने अवस्था थियो।तर अब देश संघियता र धर्म निरपेक्षतामा गैसकेको छ, समावेशी संविधान जारी भैसकेको अबस्था छ। नेपालको संविधानले आरक्षणको व्यवस्था गरेको छ । पहिचानलाई सैद्धान्तिक रूपमा भए पनि मान्यता दिएको सकेको अवस्था छ।
तसर्थ संविधानले सबै जातजाति, बर्ग र क्षेत्रको अधिकारलाई सुनिश्चितता गरिसकेको अबस्थामा नेपाली काँग्रेसले हिन्दु राष्ट्रलाई आफ्नो एजेण्डा वनाएर जादै गर्दा एकातिर आफ्नै पार्टी भित्रका आदिवासी, जनजाति, मधेशी, मुस्लिम समुदायलाई चित्त बुझाउन चुनौति पुर्ण त छदै छ भने अर्का तिर नेपाली काँग्रेसले चाहदैमा संविधानमा नेपाललाई हिन्दु राष्ट्र वनाउन सक्ने अबस्था छैन।यसकारण पनि आफ्नै पार्टी भित्रका आदिवासी, जनजाति, मधेसी र मुस्लिम समुदाय दुई भागमा विभाजित हुँदा पार्टीलाई ठुलो क्षति हुने तर्फ नेपाली काँग्रेस सचेत हुन जरुरी छ।आज हिन्दुराष्ट्रको माग उठदै गर्दा भोलि राजसंस्था पुनस्थापनाको माग उठाएर फेरी नेपाललाई द्वन्दमा धकेन्न कुनै शक्तिले नखेल्लान भन्नसक्ने अबस्था छैन।
धर्मका नाममा विश्वका विभिन्न भागमा अझै पनि राजनीति गरिँदै छ जहाँ जस्तो ईराक, ईरान देखि अफगानिस्तान सम्म हामी धर्मको नाममा वितण्डा मच्चिएर राष्ट्रनै तहस नहस हुने अबस्थामा पुगेको कुरालाई गहिरिएर सोच्नु आवश्यक छ। यसकारण राजनैतिक पार्टी आस्थाले हैन स्पष्ट विचार र दृष्टिकोणले चल्नु पर्दछ।साथै हालसम्म प्राप्त उपलब्धिलाई स्विकार गर्दै संवृद्वीको खाका लिएर अगाडी बढ्दा पार्टीलाई फाईदा पुग्ने देखिन्छ।