२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीकी श्रीमतीलाई १६ लाख ५० हजार जरिवाना



अ+ अ-

काठमाडौं। इजरायलका प्रधानमन्त्री बेन्जामिन न्यातान्याहुकी श्रीमतीले कुक छैन भनेर ढाँट्दा १५ हजार डलर (नेपाली रूपैयाँ १६ लाख ५० हजार) तिर्नुपर्ने भएको छ । प्रधानमन्त्रीको निवासमा कुक नभएको भनेर गलत जानकारी दिइ बाहिरको क्याटरिङ प्रयोग गरेको भन्दै ढाँटेपछि १५ हजार डलर जरिवाना तिर्नुपने भएको हो ।

प्रधानमन्त्री बेन्जामिनकी श्रीमती सारा न्यातान्याहुले ९९ हजार ३०० डलर दुरुपयोग गरेको जनाइएको छ । उनीमाथि कीर्ते काम गरेको र राज्यको कोषमा नोक्सान पुर्याएको भन्ने आरोप लागेको छ ।

यस सम्बन्धी भएको सहमतिमा साराले राज्यलाई १२ हजार ४९० रकम तिर्नुपर्नेछ भने त्यसको जरिबानावापत थप २ हजार ७७७ डलर समेत बुझाउनुपर्नेछ ।

उनका वकिलले यो मुद्धामा साराको कुनै भूमिका नभएको दाबी गर्दै गरेका छन् । वकिलले
प्रधानमन्त्री बेन्जामिनलाई गिराउने प्रयास भएको पनि बताएका छन् ।

अभियोजक इरेज पदानले अभियोजनमा निकै सकारात्मक भूमिका खेलिएको र यसो गर्दा अदालतमा ८० जना साक्षीलाई लग्नु नपरेको साराले पनि बताएको जेरुसेलम पोस्टले जनाएको छ ।

गएको वर्ष साराका वकिलले बाहिरबाट क्याटरिङ ल्याउने बारेमा सारा जानकार नभएको र घरकै व्यवस्थापकहरुले बनाएर पाहुनालाई दिने गरेको जनाएका थिए । पत्नीमाथि लागेकोे अभियोगलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री न्यातान्याहुले एक वक्तव्य दिँदै भनेका छन्,‘‘सारा न्यातान्याहु एक बलियो र सम्मानित महिला हुन् ।उनको कार्यबाट कुनैपनि गल्ति भएको छैन ।”

सन् २०१६मा एउटा अदालतले पहिलाको एक हाउसकिपरलाई साराले दुर्व्यहार गरेको भनेर ४७ हजार डलर दिलाई दिएको थियो । त्यतिबेला मेनी नाफताली नामका हाउसकिपरलाई साराले अपमान गर्नुका साथै गाली गलौज गरेको प्रमाणित भएको थियो ।




भर्खरै