५ असार २०८३, शुक्रबार
,
Latest
पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट: न्यूजील्यान्ड र भारतबीचकाे खेल वर्षाका कारण रद्द



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटकाे अर्काे खेलमा फेरि वर्षा बाधक बनेकाे छ । न्यूजिल्यान्ड र भारतबीच बिहीबारका लागि तय भएकाे प्रतिस्पर्धा वर्षाकै कारण रद्द भएकाे छ ।

इंग्ल्यान्डको ट्रेन्ट ब्रिजमा भारत र न्यूजिल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ बजेर १५ मिनेटमा हुने तय भएकाे थियाे ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको न्यूजिल्यान्ड लगातार तेस्राे खेल जितेर उच्च मनाेबलका साथ मैदानमा थियाे भने भारत पनि यसअघिको दुई खेलमा विजयी बनेको थियाे ।

न्युजिल्यान्डले यसअघिको पहिलो खेलमा श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो। त्यसै गरी दोस्रो खेलमा दुई विकेटले बंगलादेशलाई पराजित गरेको थियो भने तेस्रो खेलमा अफगानिस्तानलाई सात विकेटले पराजित गरेको थियो ।

त्यस्तै भारतले यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो

खेल रद्द भएका कारण दुबै टिमले एक एक अंक पाएका छन् ।

शुक्रबारकाे खेल

वेस्ट इन्डिज विरूद्ध इङ्ल्यान्ड