५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

“मिष्टर नेपाल ओसिनिया २०१८” का विजेता निश्चल खड्काको टाईटल खोसियो



अ+ अ-

काठमाडौं । गत डिसेन्बरमा सिड्नीमा युएनएईले आयोजना गरेको “मिष्टर नेपाल ओसिनिया २०१८” का विजेता निश्चल खड्काको टाईटल खोसिएको छ ।

आयोजक संस्थाकी अध्यक्ष भुमा लिम्बुले बिहिबार प्रेस विज्ञप्ती जारी गरी आयोजकसँगको सम्झौता बिपरित गएकाले र पटक पटक उनलाई सम्झाउँदा/सुधार्ने समय दिँदा पनि अटेर गरेरपछि उक्त टाईटल खोसेको बताएकी छिन् ।

बिजेता खड्कालाई प्रेस रिलिज निकाल्नु पुर्व जुन ६ सम्मको डेडलाईन राखेर टाईटल बापतको ट्रफी र सर्टिफिकेट फिर्ता गर्न आयोजकले ईमेल र फोन गरेको उनले बताइन् । जस अनुसार खड्काले सहमती जनाए पनि एक साता पर सर्दा समेत फिर्ता नगरेपछि प्रेस रिलिज जारी गर्नु परेको बाध्यता लिम्बुले सुनाईन् ।

उनले खड्का पटक पटक अन्य ईभेन्टहरुमा बिना सूचना सहभागी नहुन सचेत गराइएको बताइन् । उनका अनुसार खड्कालाई अन्य ईभेन्टहमा मोड्लिङ प्रस्तुती नदिन यसअघि नै सचेत गराइएको थियो ।