२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा रात्रिकालीन बस सेवा सञ्चालन हुने



अ+ अ-

काठमाडौं । काठमाडौँमा रात्रिकालीन बस सेवा सञ्चालन आउने भएको छ । असार एक गतेदेखि राति ९ बजेपछि बस स्टपबाट गाडी छुट्ने भएको हो ।

रात्रिकालीन बस सेवा सञ्चालन गर्ने सम्बन्धी यातायात व्यवस्था विभाग र यातायात कम्पनीबीच सहमति भएको बताइएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापन तथा आर्थिक गतिविधि वृद्धि गर्न रात्रिकालीन बस संचालनमा ल्याउने लागेको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिएका हुन्।

उनका अनुुसार यातायात कम्पनी, ट्राफिक प्रहरी, काठमाडौं महानगरपालिकाका प्रतिनिधिसँगको सहमतिमा यो व्यवस्था लागू गरिएको हो । रात्रिकालीन बसमा यात्रा गर्दा यात्रुले दिउँसोभन्दा डेढ गुणा बढी भाडा तिर्नुपर्ने जनाइएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।