५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेजन विश्वकै सबैभन्दा मूल्यवान् ब्राण्ड, गुगल र एप्पलको एकक्षत्र राज सकियो



अ+ अ-
LOS ANGELES, CA – SEPTEMBER 20: Founder and CEO of Amazon.com Jeff Bezos arrives at Amazon Video’s 67th Primetime Emmy Celebration at The Standard Hotel on September 20, 2015 in Los Angeles, California. (Photo by Amanda Edwards/WireImage)

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजन विश्वकै सबैभन्दा मूल्यवान् ब्राण्ड भएको छ । अमेजन गुगल र एप्पल कम्पनीलाई पछि पार्दै मूल्यवान ब्राण्ड बनेको हो ।

जेफ बेजोस कार्यकारी अधिकृत रहेका अमेजनले ब्राण्डहरुको उत्कृष्ट १ सय स्थानको पहिलो नम्बरमा गुगल र एप्पलको निकै लामो समयसम्म रहेको एकाधिकारले समाप्त पारेको छ ।

अमेजनको मूल्य ३१५ दशमलव ५ बिलियन अमेरिकी डलर छ, जुन सन् २०१८ को तुलनामा ५२ प्रतिशतले बढेको हो ।

अमेजनले अहिले नयाँ क्षेत्रमा आफ्नो व्यापार बढाएको छ, जुन अमेजनको मूल व्यवसायभन्दा फरक छ । यसैबाट अमेजनले राम्रो दरमा पैसा कमाउँदै आएको छ ।

अमेजनले अब क्लाउड कम्प्युटिंग र होम हार्डवेयर (अमेजन एलेक्सा) मा पनि नेतृत्व गरिरहेको छ ।

यसका अलावा बेलायतको फुड डेलिभरी कम्पनी डेलिभरी, विद्युतीय ट्रक स्टार्टअप र टेल्सा रिभल रिभान, र स्वचालित ड्राइभिङ कार कम्पनी रिभियनमा पनि लगानी गरेको छ ।