२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डकै लाइनमा फर्किए प्रधानमन्त्री ओली, यस्तो रहेछ आलोपालो सरकारको रहश्य !



अ+ अ-

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् ।

बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले उतै पार्टी एकताका क्रममा भएको सहमतिको रहश्यबारे बोलेका छन् ।

‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं । पार्टी एकता भइसकेको छ । अब के गर्दा ठीक हुन्छ, त्यसको टुंगो पार्टीले नै लगाउँछ,’ प्रधानमन्त्रीले बेलायतको प्रतिष्ठित विश्वविद्यालय अक्सफोर्डमा आयोजित कार्यक्रममा भने ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरकारको कार्यशैलीबारे छलफल भएपनि आलोपालो वा के गर्ने भन्ने विषय नउठेको बताए । नेकपाका अध्यक्षबीच आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको बताइएको छ । प्रचण्डले यस विषयलाई प्रधानमन्त्री ओली दिल्ली भ्रमणमा रहेका बेला टेलिभिजन अन्तर्वार्तामा सार्वजनिक गरेका थिए । यद्यपि सहमतिपत्र पहिले नै बाहिर आइसकेको थियो ।

प्रधानमन्त्री ओलीले भने, ‘समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकार दीर्घकालीन योजना तय गरेर अघि बढेको छ ।’ जनताको चाहना राजनीतिक स्थायित्व र विकास रहेकाले त्यसमा सरकार एकचित्त भएर लागेको उनले बताए ।

अक्सफोर्डमा अध्ययनरत विद्यार्थीको युनियन अक्सफोर्ड युनियनको आयोजनामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणदेखि समसामयिक राजनीतिक विषयमा चर्चा गरेका थिए ।

भारत र चीनजस्ता दुई ठूला छिमेकीसँगको सम्बन्धमा नेपाल कस्तो नीतिसहित अघि बढ्दैछ भन्ने सहभागीको जिज्ञासामा प्रधानमन्त्री ओलीले आफ्नो हितलाई ध्यानमा राखेर सन्तुलित सम्बन्धमा अघि बढ्ने बताएका थिए । अब नेपालको विदेश नीति बलियो र परिपक्व रहने तर्क राख्दै प्रधानमन्त्री ओलीले विदेश नीति सञ्चालनमा आफूले ध्यान दिएको बताए । उनले नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्र बेलायत भ्रमण द्विपक्षीय हितका दृष्टिले उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरेका थिए ।

‘पछिल्लो समय सरकारले कूटनीतिक मान्यता र चासोमा मात्र होइन, मुलुकको प्राथमिकतालाई छुट्याएर काम गरिरहेको छ,’ उनले भने । प्रधानमन्त्री लन्डनको हेथ्रो विमानस्थल ओर्लनेबित्तिकै त्यहाँबाट हेलिकप्टरमा अक्सफोर्ड पुगेका थिए । उनी बेलायती प्रधानमन्त्री टेरिजा मेको निमन्त्रणामा लन्डन आएका हुन् ।

अक्सफोर्डमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, अनुसन्धाता र बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिसहितका करीब ४ सय सहभागीमाझ प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकारले तय गरेका प्राथमिकता र दीर्घकालीन योजना सुनाएका छन् ।

विश्वका सर्वोच्च नेता तथा प्रसिद्ध व्यक्तित्वलाई प्रदान गरिँदै आएको यो मञ्च पाउने सम्भवतः ओली नै पहिलो नेपाली नेता रहेको अक्सफोर्ड विश्वविद्यालयका रिसर्च फेलो डा. कृष्ण अधिकारी बताए । पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले पनि अक्सफोर्डमा सम्बोधन गरेका थिए । तर उक्त कार्यक्रम अक्सफोर्ड युनियनले नभएर त्यहाँका नेपाली विद्यार्थीले आयोजना गरेका थिए । प्रधानमन्त्री ओली बुधबार नेपाली गोर्खाबारे थप अन्तर्क्रिया गरेपछि रेलमार्ग हुँदै फ्रान्स जाने कार्यक्रम रहेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।