५ असार २०८३, शुक्रबार
,
Latest
पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रहरी खरेललाई थुनामा राख्न आदेश



अ+ अ-

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रहरी राजु (भुवन) खरेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

घरमा काम गर्ने महिलाकी ७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमाथि सुनुवाई गर्दै अदालतले खरेललाई पुर्पक्षका लागि थुनामा राख्न सोमबार आदेश दिएको हो ।


खरेलविरुद्ध १८ वैशाखमा बालिकाकी आमाले किटानी जाहेरी दिएकी थिइन् । खरेल परिवारले आरोप अस्वीकार गरे पनि खरेलले चाहिँ प्रहरीसँगको बयानमा कसुर स्वीकारेका थिए ।

अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, जगन्नाथदेवल चलान गरिएको महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रमुख डीएसपी गोविन्दराज काफ्ले बताए ।