२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तन्द्रामा बसेर हिन्द महासागरसम्म पानीजहाज चलाउछु भन्दैमा विकास हुँदैन : छाया अर्थमन्त्री



अ+ अ-

काठमाडौं । कांग्रेसका ‘छाया अर्थमन्त्री’ तथा सांसद मिनेन्द्र रिजालले बजेटमा अर्थ मन्त्रालयका लागि चालु शीर्षकमा विनियोजन भएको रकम कटौतीको प्रस्ताव पेश गरेका छन् । आगामी आवमा चालु आवको भन्दा बढी रकम खर्च गर्नुपर्ने आवश्यकता नरहेको भन्दै उनले उक्त प्रस्ताव पेश गरेका हुन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा ‘तन्द्रामा बसेर नेपालमा स्टीमर मात्र नभई हिन्द महासागरसम्म गएकै वर्षमा पानीजहाज चलाउछु भन्दैमा विकास हुँदैन,’ उनले भने, ‘नेपालमा साढे ८ प्रतिशतको आर्थिक विकास आवश्यक छ । त्यसमा अर्थ मन्त्रालयले नेतृतवदायी भूमिका निर्वाह गर्न सकेन ।’

उनले ४ करोड ८६ लाख घटाइ अघिल्लो वर्षकै बराबर राख्न प्रस्ताव गरे ।अर्थ मन्त्रालयको भूमिका ठोस योजना निर्माण गरी त्यसमा मात्र बजेट विनियोजन गर्नुपर्ने भए पनि अहिले मन्त्रालयले त्यो क्षमता देखाउन नसकेको उनले आरोप लगाए ।

‘मनगढन्ते कुरा गर्ने प्रधानमन्त्रीका अगाडि उभिएर ‘प्रधानमन्त्रीजी, योजना तयारी भएपछि मात्र बजेटमा राखौं’ भन्न सक्ने नेतृत्वको अर्थ मन्त्रालयलाई खाँचो छ,’ उनले भने ।

आँखा चिम्लेर चुलाचुलामा नालीबाट ग्यास आउँछ, ग्यासको सिलिन्डर नै किन्नु पर्दैन, भन्नेजस्ता तन्द्रामा दिने अभिव्यक्तिले देशको विकास नहुने उनले बताए ।

उनले अर्थमन्त्रीलाई प्रश्न गरे – ‘ठूला र रणनीतिक आयोजना प्रधानमन्त्रीले प्रत्यक्ष हेर्ने हो भने किन चाहि विभागीय मन्त्रालय ? किन चाहियो अर्थ मन्त्रालय ? प्रधानमन्त्री एक्लैले गरे पुग्छ भने किन परिवर्तन चाहियो ? ’