५ असार २०८३, शुक्रबार
,
Latest
एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत स्याङ्जामा सवारी दुर्घटना हुँदा ५ जना घाइते, २ जनालाई पोखरा रिफर सरकारका नीति र निर्णय जनहितविपरीत छन्, सदन र सडकबाट आवाज उठाउँछौँः संयोजक दाहाल चलचित्र समाजको सामूहिक स्मृति र राष्ट्रको आत्मा अभिव्यक्त गर्ने माध्यम हो : सञ्चारमन्त्री डा. तिमिल्सिना सिन्धुली प्रहरी हिरासतमा निधन भएका विश्वकर्मालाई प्रहरीले कुटपिट गरेको छैन: गृहमन्त्री गुरुङ झलानाथ खनाललक्षित प्रचण्डको टिप्पणीः प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती गर्दैछन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक भागबन्डाको उद्देश्य राखेर लोकसेवाको विज्ञापन रद्द गरेको साझा विवेकशीलको आरोप



अ+ अ-

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा कर्मचारी भर्नाका लागि गरिएको विज्ञापनका विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गरेको निर्णय र निर्देशनप्रति साझा विवेकशील पार्टीले बिरोध जनाएको छ ।

विज्ञापन रद्द गर्न दिइएको निर्देशन गैरजिम्मेवार कार्य भएको पार्टी प्रवक्ता डा। सुर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


विज्ञप्तिमा भनिएको छ– ‘लोकसेवाको विज्ञापनमा संविधानमा उल्लेखित समावेशीताको सिद्धान्त पालन भए नभएको बारेमा लोकसेवा आयोगको ध्यानाकर्षण गर्न र आवस्यक देखिएमा विज्ञापनको शर्त परिमार्जनको सुझाव दिन सकिन्छ। तर संसदीय समितिले स्वायत्त संवैधानिक आयोगको काममा प्रत्यक्ष हस्तक्षेप गरी विज्ञापन नै रद्द गर्ने निर्देशन दिनु अत्यन्त गैरजिम्मेवार कार्य हो।’

लाखौंको संख्याका शिक्षित र सक्षम युवा बेरोजगार हुनु परिरहेको अवस्थामा अर्कोतर्फ सक्षम कर्मचारीको अभावले स्थानीय सरकारका नियमित काममा व्यवधान पुगेको विज्ञप्तिमा उल्लेख छ ।

राजनीति भागबण्डाले राज्यका विभिन्न अङ्गहरू नै जर्जर भइरहेको अवस्थामा फेरी राजनीतिक भागबन्डाकै उद्देश्य राखेर लोकसेवाको विज्ञापन रद्द गरिनु हुँदैन भन्ने साझा पार्टीको अडान लिएको छ ।

‘योग्यता र क्षमताका आधारमा कर्मचारी छनौट गर्ने स्वतन्त्र र निष्पक्ष संवैधानिक निकायका रुपमा लोकसेवा आयोगको विश्वसनीयता आम जनतामा अझै कायम छ । साँघुरो राजनीतिक स्वार्थका लागि लोकसेवा आयोगको विश्वसनीयता र स्वायत्ततामा आँच आउने काम कसैबाट पनि नहोस् भन्ने सबैमा साझा पार्टी स्मरण गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।