५ असार २०८३, शुक्रबार
,
Latest
जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश राष्ट्रिय सभाबाट स्वीकृत फिफा विश्वकप: दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमिताभ बच्चनलाई आईपर्यो आपत, आखिर यस्तो गर्यो कसले ?



अ+ अ-

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर अकाउन्ट सोमबार राती ह्याक भएको छ । पाकिस्तान समर्थित टर्कीको टर्किश साइबर आर्मी ‘अयिल्दिज टिम’ ले यसको जिम्मेवारी लिएको छ ।

अमिताभको ट्वीटर अकाउन्टबाट टर्की र पाकिस्तानसँग सम्बन्धित पोष्ट गरिएको छ ।

ह्याकरले अमिताभको ट्वीटर अकाउन्टको प्रोफाइल–बायो नै परिवर्तन गरेको छ । अमिताभको प्रोफाइल फोटोको साटो पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्बिर राखिएको छ । साथै लेखिएको छ, ‘नायक।।। केही मानिस अहिले पनि यस्तो गरिरहेका छन् । पाकिस्तानलाई प्रेम ।’

अमिताभ बच्चन ट्वीटरमा विशेष सक्रिय छन् र उनका ३.७४ करोड फलोअर्स छन् ।

यद्यपि, पछि अमिताभको ट्वीटर अकाउन्ट रिकभर भएको छ र ह्याकरले गरेको सबै ट्वीट पनि हटाइएको छ ।

ह्याकरले अमिताभको अकाउन्टबाट ट्वीट गरेका थिए, ‘यो संसारभरीका लागि एक महत्वपूर्ण सन्देश हो । हामी टर्कीको फुटबल खेलाडीप्रति आइसल्याण्ड रिपब्लिकको व्यवहारको निन्दा गर्छौं । हामी प्रेमले कुरा गर्छौं तर हामी ठूलो लठ्ठी राख्छौं र तपाईंलाई यहाँ ठूलो साइबर हमलाबारे जानकारी दिइरहेका छौं । अयिल्दिज टिम टर्किश साइबर आर्मी ।’

टर्कीको फुटबल समूह केही दिनअघि यूरो सन् २०२० को क्वालिफाइंग म्याच खेल्न आइसल्याण्ड गएको थियो । त्यहाँ पुगेपछि टर्कीका खेलाडीमाथि एयरपोर्टमा गहन खोजतलास गरिएको थियो ।