२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठट्टा गरेको भिडियो बाहिरिएपछि बेलायती प्रधानमन्त्रीको राजीनामा माग !



अ+ अ-

लण्डन । मुलुकले गत वर्ष कोभिड–१९ को कडा प्रतिबन्ध भोगिरहेको समयमा आफ्ना कर्मचारीले अवैध क्रिसमस पार्टीको आयोजना गर्ने बारेमा ठट्टा गरेको भिडियो लिक भएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा मागको सामना गर्नुभएको छ । ब्रिटिश ट्याबलोइड डेली मिररका अनुसार सन् २०२० डिसेम्बर १८ मा पार्टी भएको थियो र यसमा खाना र पेय पदार्थ, पार्टी खेलहरु तथा एक गोप्य सान्ता उपहार आदानप्रदान भएको थियो ।

स्कटिश नेसनल पार्टीका वरिष्ठ सांसद इयान ब्ल्याकफोर्डले प्रधानमन्त्री जोनसनका लागि पदबाट हट्न अब सही र नैतिक विकल्प मात्र बाँकी रहेको बताउनुभएको छ । ‘नेतृत्वमा विश्वास भनेको जीवन मृत्युको विषय हो, डाउनिङ स्ट्रिटले जानाजान नियमहरुको उल्लङ्घन गर्यो र हामीले गरेको त्यागको खिल्ली उडाएको छ, जनताको विश्वासलाई चकनाचुर पारेको छ’, ब्ल्याकफोर्डले बुधबार संसद्मा भन्नुभयो, ‘जनताको विश्वास गुमाउनुमा प्रधानमन्त्री जिम्मेबार हुनुहुन्छ, उहाँले अब यस द्वीपको सामना गर्ने सबैभन्दा महत्वपूर्ण मुद्दाको नेतृत्व गर्न सक्नुहुन्न ।’ प्रधानमन्त्री जोनसनले राजीनमा दिन चाहनुभएन भने उहाँलाई हटाइनुपर्ने उहाँको भनाइ थियो । 

लेबर पार्टीका छाया स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले पनि प्रधामन्त्रीलाई राजीनामा दिन सुझाव दिनुभयो । उहाँले ट्विटरमा लेख्नुभएको छ, ‘प्रधानमन्त्री यसमा घाँटीसम्म हुनुहुन्छ, उहाँको कार्यले सार्वजनिक विश्वासलाई कमजोर बनाएको छ र महत्वपूर्ण समयमा सार्वजनिक स्वास्थ्य सन्देशबाट विचलित भएको छ, गम्भीर समयले गम्भीर नेतृत्वका लागि आह्वान गर्दछ, जोनसन पदका लागि योग्य हुनुहुन्न भन्ने स्पष्ट छ ।’

लिक गरिएको भिडियोका साथै प्रधानमन्त्रीले बुधबार घोषणा गरेको नयाँ कोभिड–१९ प्रतिबन्धलाई लिएर प्रधानमन्त्री जोनसनका आफ्नै कन्जरभेटिभ सहकर्मीहरुसमेत क्रुद्ध भएका छन् । एक कन्जरभेटिभ सांसद विलियम र्यागले बुधबार प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्नुभएको थियो । हाउस अफ कमन्समा स्वास्थ्यमन्त्री साजिद जाविदले बोल्दा अन्य सांसादहरुले उहाँलाई हैरान बनाएका थिए । 

प्रधानमन्त्री जोनसले सन् २०२० डिसेम्बरमा खिचिएको भिडियोका लागि माफी माग्नुभएको छ र भिडियो हेर्दा आफू ‘स्तब्ध’ भएको बताउनुभएको छ । भिडियोमा एउटा नक्कली समाचार देखाइएको छ जसमा प्रधामन्त्री जोनसनका पूर्व प्रेस सचिव एलेग्रा स्ट्र्याटनले क्रिसमस पार्टीका बारेमा ठट्टा गरेका छन् ।