२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच जना विद्यार्थीको हात भाँचिने गरी कुट्ने शिक्षिका विरुद्ध मुद्दा दायर



अ+ अ-

तुलसीपुर । स्कुलमा ढिलो आएको भन्दै निर्मतापूर्वक विद्यार्थी कुट्ने शिक्षिकालाई रोल्पा प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ ।

जिल्लाको रुम्टीगढी गाउँपालिका– ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनले ढिलो आएको भन्दै १४ जना विद्यार्थीलाई कुटपिट गरेकी थिइन् । शिक्षिकाको कुटाईबाट पाँच जना विद्यार्थीको हात भाँचिएको थियो ।

इलाका प्रहरी कार्यालय होलेरीबाट गएको प्रहरी टोलीले शिक्षिका पुनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको थियो ।

होलेरीका प्रमुख प्रहरी निरीक्षक मेघनाथ चौलागाईंले विद्यार्थी कुटपिट गर्ने शिक्षिकालाई म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा पठाइएको बताए।

‘पक्राउ परेकी शिक्षिकालाई बिहानको पहिलो गाडीमार्फत् पठाइएको छ। झन्डै ४ घन्टाको यात्रा पछि मात्रै यहाँ वाट जिल्ला प्रहरी कार्यालय रोल्पामा पुगिन्छ,’ चौलागाईंले भने।

अभिभावकको जाहेरीको आधारमा शिक्षिका पुनलाई ‘अभ्रद व्यवहार’ सम्बन्धी मुद्दा चलाइएको उनले जानकारी दिए।

अनुशासन कायम राख्न आफूले विद्यार्थीलाई कुटेको शिक्षिका पुनको दाबी छ।

शिक्षिका पुनमाथि १४ विद्यार्थीलाई कुटपिट गरेको आरोप लागेको छ। त्यसमध्ये पाँच जनाको हात भाँचिएको छ।

उपचार खर्च १८ हजार दिने सहमतिमा घटना मिलाएपनि पैसा नदिएपछि घटना सार्वजनिक भएको थियो ।

जेठ १२ गते निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी पुनले निजी स्रोतमा कक्षा १ देखि पाँच सम्म पढाउदै आएकी छिन् ।

भौगोलिक विकटताका कारण होलेरी इप्रका देखि अभिभावकहरुको घर टाढा भएकाले कानुन दिलाउने नामम प्रहरीले बोलाएर सोधपुछ गर्दा झनै पिडाबोध हुने गरेको उनीहरुले बताएका छन् ।