
काठमाडौं । दरबार हाइस्कुल भूकम्पले भत्काएपछि चिनियाँ सहयोगमा नयाँ निर्माण भएको छ। सांघाई कन्सट्रक्सनले निर्माण गरेको ४५ कोठाको चारतले भवन भव्य छ। अबको ६ महिनाभित्र निर्माणका सबै काम सम्पन्न हुनेछन्।
नयाँ संरचना पाएको मुलुककै जेठो शिक्षालयभित्र दुई विद्यालय छन्। दुवैबीच विवाद छ। विवाद निरूपण नभई नयाँ संरचनाको उपयोगमा पनि असर पर्ने अवस्था छ। शिक्षा मन्त्रालयले अझैसम्म विवाद निरूपण नगर्दा नयाँ संरचना नयाँ संरचना उपयोग कसरी हुने भन्ने अझै प्रष्ट छैन।
निर्माणको पहिलो चरण पूरा गरेपछि चिनियाँ कम्पनीले राष्ट्रिय पुनर्निमाण प्राधिकरण, शिक्षा मन्त्रालय, काठमाडौं महानगरपालिका, विद्यालयका शिक्ष र विद्यार्थी प्रतिनिधिलाई बोलाएर अवलोकन गराइसकेको छ। ‘चिनियाँ सहयोगमा विद्यालय निर्माण आयोजना’अन्तर्गत भवन बनिरहेको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।












