२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थल सुनसान



अ+ अ-

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया खोल्न र धरौटी रकमको ब्याज दिनुपर्नेलगायत ६ बुँदे माग पूरा नगरेको भन्दै कामदारको उडान शुक्रबारदेखि बन्द गरेका छन्। व्यवसायीले कामदारको उडान बन्द गर्दा त्रिभुवन विमानस्थल सुनसान बनेको छ।

यात्रु नभएपछि फ्लाई दुबई र एयर अरेबियाले सोमबारको उडान रद्द गरेका छन्। व्यवसायीले कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स(यूएई), कुवेत र बहराइनलगायत प्रमुख गन्तव्यमा जाने कामदारलाई नपठाएका हुन्।

उनीहरूले टिकट खरिद गरेका छैनन्। रोजगारदाताद्वारा पठाइएका टिकटसमेत रद्द गरिदिएको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।