२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली पोखरामा



अ+ अ-

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएको छ । उहाँले नेपाल स्काउटको आयोजनामा पोखरामा आजबाट शुरु हुने प्रथम राष्ट्रिय मुट (युवा सम्मेलन)को उद्घाटन गर्नुहुनेछ । पोखराको कोमामागेन पार्कमा सञ्चालन हुने सो कार्यक्रममा १४ देशका पाँच हजार युवाको सहभागिता रहने आयोजकले जनाएको छ ।

त्यस्तै, प्रधानमन्त्री ओलीले पोखराको सभागृहमा आयोजित कार्यक्रममा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको घोषणा समेत गर्नुहुनेछ । कास्की क्षेत्र नं–२ का सङ्घीय सांसद् रहनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । प्रधानमन्त्री ओली तीन वटै कार्यक्रममा सहभागी भएर आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको बताइएको छ ।