२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीको बन्द हड्ताल गर्न नपाउने



अ+ अ-

काठमाडौँ । कर्मचारीहरुले बन्द-हडताल गर्न नपाउने कानुनी व्यवस्था गर्न सांसदले सरकारसँग माग राखेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद प्रेम सुवालले तलबसहितको सेवा, सुविधा प्राप्ति गर्न समेत कर्मचारीले बन्द-हड्ताल गर्ने नहुने बताएका थिए ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै सांसद सुवालले कर्मचारीले जनताको सेवा गर्नुको साटो हडताल गरेर बस्न नमिल्ने बताए । उनले सबै श्रेणीका कर्मचारीलाई अवकाश पाउनुभन्दा १५ दिनअघि नै बिदा दिने कानुनी प्रबन्ध गर्नसमेत सरकारसँग माग गरेका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।