२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई जिल्ला न्यायाधीश बर्खास्त



अ+ अ-

काठमाडौं । न्यायपरिषद्को बैठकले काजमा रहेका दुई जिल्ला न्यायाधीशलाई कारबाही गरेको छ । परिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा मंगलबार बसेको बैठकले ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेयलाई पदबाट हटाएको छ ।

त्यसैगरी तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायमाथि नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा चलाउने निर्णय गरिएको छ ।

न्याय सम्पादनमा त्रुटि भेटिएको भन्दै तीन महिनादेखि काजमा तानिएका दुवै न्यायाधीशलाई अनुसन्धानपछि कारबाही गर्ने निर्णय गरिएको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।