२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिडियो खिचेर वर्षौं ब्ल्याकमेल गर्दै आएका प्रहरी नायब निरीक्षक पक्राउ



अ+ अ-
सांकेतिक तस्वीर

काभ्रे । ‘विवाह गरेर आएको केही समय मात्रै भएको थियो, नाताले भिनाजु पर्ने सई रामविनोद यादवले श्रीमान् नभएको मौकाछोपी मलाई जबरजस्ती गर्‍यो । एक पटकको दुव्र्यवहार मैले आँसु पिएर सहेकै थिएँ ।

फेरि पनि यौन सम्बन्धका लागि बोलायो । मैले ठाडै इन्कार गरेँ । तर उसले पहिलो सम्पर्ककै बेला भिडियो खिचेर राखेको रहेछ, त्यो देखेपछि म यौनदासी बनेर उसले जहाँ भन्छ त्यहीँ जान थालें । अहिले एक वर्ष भयो, ऊ जहाँ–जहाँ सरुवा हुँदै जान्छ म त्यहीं उसको वासना पूरा गर्न पुग्छु ।’

बालविवाहको पीडा पनि भोगेकी १८ वर्षे किशोरीले प्रहरीलाई बयान दिंदै भनिन् । जनकपुरधाम माइती भई रौतहटको गौरमा विवाह गरी आएकी किशोरीलाई पहिला यादवले नाता जोड्दै सहयोगी व्यवहार देखाए । सहयोगको दबाबमा परेर किशोरीले शारीरिक सम्पर्क राख्न पुगेको उनको भनाइ रहेको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।