
काठमाडौँ । वाइडबडी प्रकरणमा मुछिएका मुख्य दोषी नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसकारको सोमबारबाट ४ वर्षे कार्यकाल सकिएको छ । जाँदा जाँदै उहाँले आफूँ विभिन्न अवरोधका बावजुद पनि निगमको संस्थागत सुधारमा लागि परेको उल्लेख गर्नुभयो ।
करिब २८ वर्ष विमान खरिद नगरेको निगमले विमान खरिदको लागि अनेक कष्ट, आलोचना, जेल र कालोमोसोको प्रवाह नगरी विमान खरिद गर्न सफल भएको कंसाकारले बताउनुभयो।
नेपाल टेलिकममा ३४ वर्षे सेवा पुरा गरी निगममा कंसकार पहिलोपटक २०६५ कात्तिक २२ मा महाप्रवन्धकको पदमा नियुक्त हुनु भएको थियो । कंसाकारकै पालामा संचालक समिति र निगम कर्मचारीहरुको सहमति र सहयोगमा ६ वटा विमान खरिद गर्न मिति २०६५मा टेण्डर आह्वान गर्न सफल हुनुभयो ।
विभिन्न उल्झन र अवरोधका वावजुत दुई वटा न्यारोबडी ए ३२० विमान प्राप्त गर्न झण्डै ६ वर्षले ढिलाई हुन पुगेको कंसरकारद्वारा जारी गरिएको विदाई सम्वोधन विज्ञप्तिमा भनिएको छ । कंसाकारलाई वाइडबडी खरिद प्रकरणमा मुख्य दोषी ठहर गर्दै संसदीय लेखा समितिको उपसमितिले कारबाही सिफारिस गरेको खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।












