२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राम्रोसँग पाडोको उपचार नगरेको भन्दै डाक्टरको हत्या



अ+ अ-

काठमाडौं । उत्तर प्रदेशको आजमगढ जिल्लामा गत फेब्रुअरी २० तारिखमा अज्ञात समुहले एक पशु चिकित्सको गोली हानी हत्या गरेका थिए । यसबारे एक अचम्मित गरिदिने खुलासा भएको छ ।

पुलिसका अनुसार करेन्ट लागेको पाडोको उपचार राम्रोसँग नगरेका कारण ५९ वर्षे डाक्टर ओमनाथको हत्या गरिएको थियो । आजमगढ पुलिसले दुई अभियुक्तलाई पक्राउ गरेपछि यसबारे खुलासा भएको छ । अन्य दुईको अहिले पनि खोजी जारी छ ।

जिल्लाको मेंहनगर दौलताबादमा होम्योप्याथिक पशु औषधालय चलाउने ५९ वर्षीय ओमनाथ पाण्डेयलाई गोली हानी हत्या गरिएको थियो ।

पुलिसले विश्वेश्वरनाथ र अवधेशलाई पक्राउ गरेपछि यसको कारण पत्ता लागेको हो । आरोपीबाट पाएको बयानबारे जानकारी दिँदै पुलिसले भन्यो, ‘ललई नामका एक व्यक्तिको पाडोलाई करेन्ट लागेका कारण नराम्रोसँग घाइते भएको थियो । उपचारमा ओमनाथ पाण्डेय संलग्न थिए तर उनले पाडोलाई बचाउन सकेनन् । यसैकारण ललई यादव र डाक्टर ओमनाथबीच भनाभनका साथै मुक्कामुक्की पनि भयो । यसको बदला लिनका लागि ललई यादवले आफ्ना साथीसँग मिलेर डाक्टरको गोली हानी हत्या गरिदिए । ’

एसपी त्रिवेणी सिंहले अन्य दुई अभियुक्तलाई पनि चाँडै नै पक्राउ गरिने जानकारी दिए ।