२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दूध बेचेर वार्षिक ६ लाख कमाउछन यी वडाध्यक्ष



अ+ अ-

काठमाडौं । बिहानै उठ्छु, गाई बाख्रा बाहिर सार्छु,’ तुलसीपुर उपमहागनरपालिका–९ का वडाध्यक्ष घनश्याम ढकालले भने, ‘बूढीले दूध दोएर ठिक्क पारिदिन्छिन् । म मलसोत्तर र घाँसपात गर्छु अनि दूध बोकेर बजार जान्छु ।’

वडाध्यक्ष ढकालले गाउँबाट बजारमा दूध लिएर बिक्री गर्न थालेको १७ वर्ष भएछ । तर, अझै उनी थोकेका छैनन् । वडाध्यक्ष ढकाल दूध, दही, बिक्री गरेर वार्षिक ६ लाख आम्दानी गर्ने गरेको बताउँछन् । वडाध्यक्ष भएर पनि बिहानै उठेर वस्तुभाउको स्याहारसम्भार गर्ने र दूध बोकेर दैनिक बजारमा बिक्री गर्न जाने गर्दा छिमेकीसमेत छक्क पर्ने गरेको छन् ।

२०५९ सालमा देवदहबाट ३२ हजारमा ब्राउन सूइच नामको जर्सी गाई ल्याएर पाल्न सुरु गरेका अध्यक्ष ढकालसँग अहिले होलेस्टेन जातका दुईवटा गाई छन् । हिजोआज गाई बकेर्ना भएकाले बिहान दिएको २० लिटर दूध दोघरेमा रहेको नन्दन डेरी एग्रो टेडर्समा लगेर अध्यक्ष ढकालले बिक्री गर्दै आएका छन् । त्यहाँबाट मात्रै उनले २७ हजार मासिक बुझ्ने गरेका छन् । बिहानको दूध बजारमा लगेर बिक्री गरे पनि साँझको दूध भने घरबाटै बिक्री हुने गरेको उनले बताए । गाईको दूध बजारमा प्रतिलिटर ५० रुपैयाँमा बिक्री हुने गरेको छ ।

यसको अलवा काँक्रा, करेला, बोडी, लौका, साग, घिरौला बिक्री गरेर पनि करिब १ लाख कमाई गर्छन् । दूधबाट कमाइ भएको पैसाले पुरानो ऋmण तिर्नदेखि छोरालाई जापनामा पढ्न पठाएको र आफूलाई घर खर्च र राजनीतिक रूपमा दौडधुप गर्दा सजिलो भएको उनले सुनाए । दरिलो जोस, जाँगर, मेहनतका साथ लगानी गर्ने हो भने स्वदेशमै प्रशस्त धन आर्जन गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण पछिल्लो समय ढकाल बनेका छन् । ‘अब त दुना गाई बकेर्ना पनि भइसके । एउटा जेठ १८ र अर्को भदौ ५ गतेको किलो ९ब्याउने० छ,’ अध्यक्ष ढकालले भने,’ एउटा गाईले बिहान र साँझ गरी २५ लिटरसम्म दूध दिन्छ ।’ २०७१ सालमा जिल्ला पशुकार्यालय दाङबाट ७० हजार अनुदानसमेत उनले पाइसकेका छन् ।

ढकाललाई राजनीतिको सहारा गाई पालन नै भएको छ । ‘जागिरबाट मान्छेले रिटायर लाइफ बिताउँछ,’ राजनीति गर्ने मान्छेको पछिको भविष्य के त रु आफू अशक्त भएपछि के गर्ने भन्दा उपाय छैन,’ ढकालले भने– ‘त्यसैले राजनीतिबाट सन्न्यास लिँदा कृषि पेसालाई व्यावसायिक बनाउँछु ।’

राजनीतिमा लागेकाहरूको गाँस, बास, कपासको अवस्था दयनीय र अस्तव्यस्त देख्दा कहिलेकाँही राजनीतिमा बेकार हात हालेजस्तो लाग्ने गरेको बताउने उनले छोरालाई पनि जापानबाट फर्किएपछि कृषि पेसामा नै लगाउने सोच छ । नेपाली कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका ढकाललाई कक्षा ४ मा पढ्दै गर्दा २०३९ सालमा भारतको मर्सी आश्रममा वेद पढ्न गएका बेला जर्सी गाईको दूध, कचौरा देखेपछि कृषि पेसातर्फ आकर्षण बढेको हो ।

शुरुका वर्षमा गाई र बाख्रा बिरामी पर्दा पशु डाक्टर बोलाउनु परे पनि पछिल्लो समय भने आफैंले उपचार गर्ने गरेको उनले बताए । लामो समयसम्म पशु पालनमा नै लागेकाले अनुभवका आधारमा लक्षण देखा पर्नेबित्तिकै रोगको पहिचान गर्न सक्ने भएकाले सजिलै गाईबाख्राको उपचार गर्ने गरेको उनले बताए । । ‘बिरामी हुनेबित्तिकै लक्षणका आधारमा रोग थाहा भइहाल्छ,’ अध्यक्ष ढकालले भने, ‘औषधि गर्नेदेखि सुईसमेत आफैं लगाउँछु । पैसा पनि बचैकै छ ।’, खबर राजधानी दैनिकमा प्रकाशित छ ।