२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक अर्बको युवा विशेष कार्यक्रम



अ+ अ-

काठमाडौं । आगामी आर्थिक वर्षदेखि एक हजार युवालाई स्वरोजगार बनाउने गरी एक अर्ब लगानीको युवा विशेष कार्यक्रम लागू हुने भएको छ। बहुवर्षीय कार्यक्रमका रुपमा ल्याउन लागिएको कार्यक्रमको कार्यविधिको तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

आगामी जेठ १५ गते ल्याने बजेटका लागि स्वीकृत भएको कृषिका लागि विविध कार्यक्रममध्ये युवा विशेष कार्यक्रम नयाँ कार्यक्रम हो। कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत २५ अर्ब २४ करोड कुल बजेटमध्ये आधा दर्जन योजना अर्बमाथिका छन् भने दर्जन बढी योजना कम रकमका छन्।

युवालाई ५० प्रतिशत अनुदानमा कृषि उद्यममा उत्प्रेरित गर्ने कार्यक्रमको सफलताको लागि अनुगमन प्रणालीलाई बलियो बनाइने कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणी खनालले बताए। यो समाचार आजको कारोबार दैनिकमा छ ।