२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथर हत्याकाण्ड : प्रहरीको अनुसन्धानमाथि प्रश्न, हत्या एकले गरेको होइन



अ+ अ-

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटे हत्याकाण्डमा मारिएका आफन्तले प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका छन्। दुई परिवारका नौ जनाको हत्या एक जनाले मात्रै गरेको संकेत गरेर प्रहरीले हत्यारा उम्काउन खोजेको उनीहरुको आरोप छ।

आफन्तले हत्यामा अन्यको पनि संलग्नता भएको दाबी गरेका छन्। आत्महत्या गरेका व्यक्तिलाई सबै दोष देखाएर हत्यारा उम्काउन खोजे सरकार विरुद्ध आन्दोलनमा उत्रिने मृतकमन आफन्त शान्त लिम्बुले चेतावनी दिइन्।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका बेला ठूलो संख्यामा भेला भएका मृतकका आफन्तजनहरुले एक साताअघि सोही घरमा नुनमा सिसा मिसाइएको घटनाको अनुसन्धानमा प्रहरीले वेवस्ता गरेको पनि आरोप लगाए।

हत्याराले बनाएको पहिले देखिको योजनाप्रति प्रहरीले वेवास्ता गरेको उनीहरुको भनाई छ । प्रहरीले खानामा सिसा मिसाएको घटना अनुसन्धान नगर्दा सामुहिक हत्या हुन पुगेको मृतकका आफन्त मिक्लाजुङ–२ का प्रेमकुमार राईले बताए।

‘सिसा काण्डमा जाहेरी परे पनि प्रहरीले गम्भीरतापुर्वक अनुसन्धान नगर्दा सामुहिक हत्या भयो,’ उनले भने, ‘वास्तविक छानबिन र प्रगतिबारे जानकारी नदिएसम्म शव जिम्मा लिदैंनौं।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।