२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानाध्यापकसहित नौ जनाविरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयनाथ उच्च माध्यमिक विद्यालय, कपिलवस्तुका तत्कालीन प्रधानाध्यापक थानेश्वर खनालसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल भुसाल, वर्तमान प्रधानाध्यापक गिरीराज गैरे र शिक्षक दधिराम न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले खनालसहित अध्यक्ष भुसाल र प्रधानाध्यापक गैरे र शिक्षक न्यौपानेको मिलेमतोमा विद्यालय व्यवस्थापनको विविध विषयहरूमा अनियमितता गरेको भन्दै मंगलबार मुद्दा दायर गरेको हो ।

उनीहरुले विद्यालय सञ्चालनमा लापरवाही गर्दै आएको र विभिन्न निकायबाट आएको रकम हिनामिना गरेको, विद्यालय व्यवस्थापन समिति शिक्षा नियमावली बमोजिम नभएको, महायज्ञमा संकलित रकममा हिनामिना गरेको, दरबन्दीका शिक्षकलाई अनियमित तवरले तलब भत्ता खुवाएको, विद्यालयमा दरबन्दीका शिक्षक बढी हुँदाहुँदै निजी स्रोतमा शिक्षक राखी विद्यालयलाई हानी र्पुयाएको अनुसन्धानमा खुल्न आएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु सबैलाई एक्काईस लाख उनान्चालीस हजार छ सय पाँच रूपैया चार पैसा जरिवाना कानून बमोजिमको सजायको माग गथरिएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।