२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जग्गा अतिक्रमण विवादकै कारण आइतबारदेखि केवलकार बन्द



अ+ अ-

काठमाडौं । कालिञ्चोक केवलकार जग्गा अतिक्रमणको विवादका कारण आइतबारदेखि बन्द भएको छ। दोलखाको कुरी क्षेत्रका स्थानीय र केवलकारबीच शनिबार भएको विवादले केवलकारको सेवा प्रभावित भएको हो।

स्थानीयसँग गत शनिबार दिउँसो भएको विवादले आइतबारबाट केबुलकार सञ्चालन बन्द भएको हो। कालिञ्चोक केवलकारका प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटीका अनुसार स्थानीयले केवलकारमा तोडफोड गरेको र भौतिक संरचनामा आक्रमण गर्न खोजेपछि केबुलकार बन्द गरिएको हो। उनका अनुसार स्थानीयको आक्रमणबाट दुईमध्ये केबुलकारको एउटा सिस्टम पूर्ण बन्द भएको छ एउटा सिस्टममा स्थानीयको आक्रमणबाट करिब एक करोड ६३ लाख रुपैयाँको क्षति भएको दाबी उनले गरे। उनका अनुसार क्षतिपछि बन्द गरिएको हो।

केबुलकारले कालिञ्चोक कालिकामाई गुठीको ४७ रोपनी जग्गा प्रयोग गर्ने गरी भएको सम्झौताअनुसार १५÷१६ रोपनी क्षेत्रलाई तारबार लगाइएको थियो। केबुलकारले सम्झौता अनुसारको जग्गालाई प्रयोग गर्ने गरी तारबार लगाउन खोज्दा स्थानीयले विरोध गरेको शिवाकोटीको भनाइ छ। ५२ करोड रुपैयाँ लगानी गरेको उक्त केबुलकारले आवश्यक संरचना बनाएको हो। केबुलकारले भूबहाल कर र सरकारलाई राजस्व तथा भ्याट तिरेर वैधानिक रूपमा व्यवसाय सञ्चालन गरिरहेको छ।

सरकारलाई कुनै कर नतिर्ने र गुठीको जग्गा अतिक्रमण गरेर बसेका स्थानीय व्यवसायीले विरोध गरेर केबुलकार बन्द गराएको भनाइ शिवाकोटीको छ। स्थानीयका अनुसार केवलबारले सम्झौताविपरित संरचना बनाएको र होटल तथा रेस्टुरेन्ट सञ्चालन गरेकाले विरोध गरिएको हो। केवलकार सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको कम्पनीले अन्य व्यवसाय गरेको र स्थानीयको होटललाई धरासायी बनाउन खोजेको तथा गुठीको जग्गा कब्जा गर्न खोजेकाले विरोध गरेको बताए।

दोलखाका जिल्ला समन्वय अधिकारी तुलसीनाथ गौतमका अनुसार केबुलकारले सम्झौता मिचेर काम गरेकाले विरोध गरेको जानकारी दिए। उनका अनुसार स्थानीय सरोकारवाला र केवलकार सञ्चालकबीच आपसी छलफल गरेर व्यवसाय सञ्चालन गर्न दिइनेछ।

यसका लागि केबुलकारले सम्झौतामा भएकोभन्दा बाहिर गएको हो होइन भनेर जग्गाको नापजाँच हुने र दुईपक्षीय छलफलबाट समस्या समाधान खोज्ने प्रयास भइरहेको छ। हाललाई केबुलकारले रेस्टुरेन्ट सञ्चालन नगर्ने र केबकारमात्रै चलाउन दिन खोजिएको जानकारी गौतमले दिए। अन्नपूर्णबाट ।