२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यका चल्ने आधा गाडीको प्रदूषण फेल, सर्वसाधारणको स्वास्थ्यमा गम्भीर समस्या



अ+ अ-
तस्बिर : राजन के.सी

काठमाडौं। राजधानीका सडकमा चल्ने अधिकांश सवारीसाधन प्रदूषण चेकजाँचका क्रममा फेल भएका छन् । सरकारका विभिन्न सरोकारवाला निकायले संयुक्त रूपमा गरेको चेकजाँचका क्रममा ती गाडी प्रदूषण मापनमा फेल भएको पाइएको हो ।

गत २१ चैतबाट सुरु भएको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन, प्रदूषण नियन्त्रण र चेकजाँच कार्ययोजनाअन्तर्गत यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकु र ट्राफिक प्रहरी महाशाखाले संयुक्त रूपमा सवारीसाधनको प्रदूषण मापन गर्दै आइरहेका छन् । उपत्यकाका आधाभन्दा बढी यातायातका साधन प्रदूषण मापनमा फेल भएपछि त्यसले सर्वसाधरणको स्वास्थ्यमा सामान्यदेखि गम्भीर समस्या पारिरहेको चिकित्सकहरू बताउँछन् ।

ट्राफिक प्रहरी महाशाखाबाट प्राप्त तथ्यांकअनुसार गत २१ चैतदेखि ३ जेठसम्म २ हजार ७५ वटा सवारीसाधनमा प्रदूषणको मात्रा जाँच गर्दा १ हजार १२७ वटा सवारीसाधन फेल भएका छन् । यी सबै सवारी दुई पांग्रेबाहेकका हुन् । ट्राफिक प्रहरीले प्रदूषण जाँच गर्दा डिजेलबाट चल्ने र पेट्रोलबाट चल्ने सवारीसाधन छुट्याएर चेक जाँच गर्दै आएको छ । यसबीचमा डिजेलबाट चल्ने ९९९ सवारीसाधनको चेकजाँच गर्दा तीमध्ये ६१८ वटा प्रदूषण जाँचमा फेल भएका छन् । त्यस्तै, पेट्रोलबाट चल्ने १ हजार ७६ सवारीसाधनको प्रदूषण चेकजाँच गर्दा ५०९ सवारीसाधन फेल भएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले जानकारी दिए ।

प्रदूषण चेक जाँचका क्रममा डिजेलबाट चल्ने सवारीसाधनले ६५ स्मोक डेनसिटीभन्दा माथिको अंक देखाए त्यसलाई फेल मानिने र पेट्रोलबाट चल्ने सवारीले कार्बोन मोनोअक्साइड ३ प्रतिशतसम्म र हाइड्रो कार्बन १ हजार पीपीएमभन्दा माथि भए त्यसलाई फेल मानिने गरेको प्रदूषण जाँचमा खटिएका ट्राफिक प्रहरी निरीक्षक अनन्त नेपालीले जानकारी दिए । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।




भर्खरै